समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी : सभापति देउवा
लुम्बिनीपत्र
गुलरिया। नेपाली कांग्रेसका सभापति एंव पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी रहेको बताउनु भएको छ।
संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक प्रणालीको नेतृत्व नेपाली कांग्रेसले समाजलाई अग्रगामी दिशामा लैजान समावेशी समानुपातिक प्रणालीलाई अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक कार्यक्रममा सभापति देउवाले यस्तो बताउनु भएको हो। उहाँले समावेशी समानुपातिक दिशामा अघि बढिरहेको देशको कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनु भयो । उहाँले समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भएपनि समावेशी अति आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘समानुपातिक र प्रत्यक्ष चुनावको सम्बन्धमा केही समस्या छन्। कसैले प्रत्यक्ष चुनाव लड्नुपर्ने, कसैले नाम राखेबापत एकै पटक समानुपातिकमा आउनुपर्ने । अर्को कुरा समावेशी अति आवश्यक पनि छ ।
यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ । समावेशितालाई अझ बढी पारदर्शी मात्रै होइन, उत्तरदायी बनाउनुपर्छ । हामीले भोलिका दिनमा अझ बढी उत्तरदायी व्यवस्था बनाउनु छ । उत्तरदायी व्यवस्थाका निम्ति उत्तरदायी पार्टी बनाउनु छ । यो काममा हाम्रा पार्टीका नेताहरु सबै जना हुनुहुन्छ । अब बहसको सुरुवात भएको छ । यो बहसले सबै क्षेत्र, सासाइटीको सबै तप्कामा यस्तो बहसले सार्थकता पाउनेछ ।ु
सभापति देउवाले जनता देशको मालिक भएको भन्दै भोलिका दिनमा पनि जनताले नै यी विषयहरूमा निर्णय गरेर जाने बताउनु भया। ुसबैभन्दा महत्वपूर्ण कुरा जनता हुन् । जनता यो देशका मालिक हुन्। त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो । जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ । कांग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे भोलिका दिनमा एक्लैले पनि बहुमत ल्याउँछ । मलाई विश्वास छ हाम्रो पार्टीले गर्नेछ,ु उहाँले भन्नुभयो ।
प्रतिकृया दिनुहोस्