कार्तिक १० गते एकैदिन पालिका अधिवेशन गर्दै बर्दिया कांग्रेस

कार्तिक १० गते एकैदिन पालिका अधिवेशन  गर्दै बर्दिया कांग्रेस

गुलरिया। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले २०८१ कार्तिक ७ गते भित्रमा सम्पूर्ण विधि प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता नविकरण गरी अनिवार्य रुपले जिल्ला कार्यालयमा पठाई सक्न निर्देशन दिएको छ।

आज बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन हुन नसकेका गाउँ तथा नगरपालिका कार्यसमितिले कार्तिक १० गतेका दिन एकैदिन पालिका अधिवेशन गर्नुपर्ने, नेपालीहरुको महान पर्व बडा दशै, दीपावली एव छठको शुभ उपलक्ष्यमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा असोज १९ गते बिहान ८ बजे जिल्ला पार्टी कार्यालय गुलरियाको सभा कक्षमा “शुभकामना आदान प्रदान एवं चियापान” कार्यक्रम भब्य रुपले मनाउने र ने.का. प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति, नागर/गाउँ पालिका एवम् वडा कार्यसमितिले आ-आफ्नो भूगोल क्षेत्रमा अनुकूल हुनेगरी शुभकामना आदान – प्रदान कार्यक्रम आयोजना गरी मनाउने लगायतका निर्णयहरु गरेको जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले बताउनु भयो।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरको अध्यक्षतामा आज मिति २०८१ असोज ५ गते सम्पन्न जिल्ला कार्यसमितिको बैठक कार्यसम्पादन समितिका सदस्य रहनु भएका जिल्ला सदस्यहरु शङ्खी चौधरी, केदारनाथ पौडेल लगातार धेरै पटक बैठकमा अनुपस्थित सङ्गै निष्क्रिय रहेको र खुशीराम चौधरी नेपाली काङ्ग्रेस छोडी अन्य पार्टीमा प्रवेश गरिसकेकोले निजहरुलाई कार्यसम्पादन समितिको सदस्य पदबाट समेत हटाएको छ ।