शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान
गुलरिया। बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान गरिएको छ। बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सशक्त बालिका परियोजनाद्वारा गुलरिया नगरपालिकाका ४६ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ३ सम्मका १४० जना शिक्षकहरुलाई सो तालिम प्रदान गरिएको हो।
शिक्षकहरुद्वारा विद्यार्थीहरुको मानसपटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई मार्फत समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन सो तालिम प्रदान गरिएको हो।
नैतिक शिक्षामा जोड दिँदै विद्यार्थीहरुको सृजनसिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुर्याई बिद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुर्याउन ३ दिने कार्यशाला गोष्ठी आयोजना गरी तालिम प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अलि सिद्दिकीले बताउनु भयो।
मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा न.पा शिशु बालमन्दिरका प्रधानाध्यापक शंकर प्रसाद आर्चायले सहजीकरणमा भएको तालिममा बाँके युनेस्को क्लवका परियोजना कार्यक्रम अधिकृत ईश्वर बि.क, अनुगमन तथा मुल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाईजर भगवती बि.क.को समेतको उपस्थिती रहेको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो।
कार्यशाला गोष्ठी अतिनै उपलब्धिमुलक सिकाई, सकारात्मक बुझाई, समय सान्दर्भिक बिद्यार्थीहरुलाई एकिकृत पाठ्यक्रममा मुल्याङ्कन पद्धती तथा व्यवहारिक शिक्षण सिकाई तथा बिद्यार्थीेको सिकाई उपलब्धीमा सहयोग पुग्ने बताउदै शसक्त बालिका परियोजनाले बिधालयको शैक्षिक गुण्स्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृत्व विकास र अध्यान रुचीमा सहयोग पुगिरहेको कारण पालिकाले यस्ता खालका क्षमता अभिबृद्धि कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने तालिममा सहभागी शिक्षक सुजना भुषालले बताउनु भयो।
बिद्यालयमा बिद्यार्थीको अत्याधिक संख्या रहेको तर सो अनुसार शिक्षकको व्यवस्थापन नर्गदा शिक्षकहरु मर्कामा परेका कारणले मुल्याङ्कन पद्धतिलाई पुर्ण रुपमा कार्यान्वयन नसकिरहेकोले यस अभिमुखीकरण कार्यक्रमले सहज गराउने र बिद्यार्थी अनुसारको शिक्षकको व्यवस्थापन लागि गुलरिया नगरपालिकाले ध्यान पुराउनु पर्ने यस शिक्षक सरला रेग्मीको भनाइ छ।
प्रतिकृया दिनुहोस्