January 12, 2026, Monday
२८ पुष २०८२, सोमबार
Trending

उद्योग वाणिज्य संघ गुलरियामा पदाधिकारी, सदस्यहरु सबै निर्विरोध

उद्योग वाणिज्य संघ गुलरियामा पदाधिकारी, सदस्यहरु सबै निर्विरोध

गुलरिया । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको दशौं अधिवेशनले बर्दियामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
संघमा देवेन्द्रराज पाण्डे अध्यक्षमा, ईन्द्र कुमार श्रेष्ठ प्रथम उपाध्यक्षमा, सुरेन्द्र बगाले द्वितीय उपाध्यक्षमा, बिष्णु कुमार सुनार तृतीय उपाध्यक्षमा, मोहित पौडेल महा‐सचिवमा, श्रीकृष्ण थारु सचिवमा, केशव प्रसाद रिजाल कोषाध्यक्षमा, लिला बहादुर सुनार सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिको कार्यालय उद्योग वाणिज्य संघ गुलरिया बर्दियाले जनाएको छ।
घनश्याम लोध, वसी अहमद इद्रिसी, पिताम्बर घिमिरे, जाकिर हुसैन मनिहार, सुमित्रा चौधरी, अशोक कुमार के.सी., सुरेन्द्र गौतम, रमेश रावल, सर्दिप ढुंगाना, नविन चौधरी, महमद मैहमुद रजामिनार र अशोक राज पोख्रेल पनि सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ।