October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

प्रदेशसभा सदस्य कारागार चलान

प्रदेशसभा सदस्य कारागार चलान

गुलरिया । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनु भएको छ । रुकुमपूर्व १ (२) बाट निर्वाचित सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान हुनु भएको छ ।
हालसम्म फरार रहँदै आएका केसीले आइतबार आफै रुकुमपूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले बताउनु भयो । अदालतले कैद भुक्तानका लागि कारागार पठाएको उहाँले जानकारी दिनुभयो।
२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद रु दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उहाँ दोषी ठहर हुनु भएको थियो। कांग्रेस सांसद केसीलाइ कारबाही नभएको भन्दै चर्को विरोध हुँदै आएको थियो ।