January 23, 2025, Thursday
१० माघ २०८१, बिहीबार

हरितालिका तीज एकल नृत्यको प्रथम पुरस्कार यमुना भण्डारीले जितिन्

हरितालिका तीज एकल नृत्यको प्रथम पुरस्कार यमुना भण्डारीले जितिन्

गुलरिया ।  हरितालिका तीज गुलरियामा नगरस्तरीय एकल नृत्य प्रतियोगीता २०८१ मा यमुना भण्डारी प्रथम भई रु. ५ हजार पुरस्कार जित्नु भएको छ।प्रतियोगितामा नेहा क्षेत्री द्वितीय भई ४ हजार, गंगा बोहोरा तृतिय भई ३ हजार र योगिता यादवले सान्त्वना स्थान हासिल गरी रु १५सय पुरस्कार प्राप्त गर्नु आयोजक कमिटीकी संयोजक ज्ञानुमाया रिजालले बताउनु भयो।

मौलिकता झल्कने नेपाली कला र सँस्कृतिको जगेर्ना गर्दै समाजमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउने उद्देश्यले प्रतियोगीता गरिएको रिजालको भनाइ छ।गुलरियाको मुख्य बजार राधाकृष्ण चोकमा भएको प्रतियोगीतामा १३ जनाले भाग लिएका थिए ।तीज पर्वको अवसर पारेर जिल्लाका सबै स्थानीय तहहरुमा नाचगान कार्यक्रमहरु भएका छन्।

प्रतियोगितालाई गुलरिया नगरपालिका नगर कार्यपालिकाको कार्यालय बर्दिया र ४ वटा वडा कार्यालयले करिब रु. २ लाख सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका आयोजक कमिटीका सदस्य तोफा यादवले बताउनु भयो।