December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

गुलरिया । परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले भूराजनीतिक सन्तुलन मिलाएर देशलाई विकास पनि गर्नुपर्ने बताउनु भएको छ।

हाम्रो आवश्यकता र पूर्वाधारका विकासलाई कसले बढी सहयोग गर्छ, त्यसलाई स्वागत गर्नुपर्ने उँहाको भनाइ छ।

हाम्रो परराष्ट्र नीति भनेकै नेपाल पहिलो हुनुपर्छ  हाम्रो भूमिको संरक्षण गर्नु राज्य र हरेक नेपालीको दायित्व हो । परराष्ट्र मन्त्रीको हैसियतले यसमा मेरो दायित्व अझ बढी छ  : उँहाले भन्नु भयो।

बीआरआईको मोडालिटी’ का बारेमा केही पनि निर्णय नभएको बताउँदै परराष्ट्रमन्त्री राणाले भन्नु भयो :  कांग्रेसकै कुरा गर्ने हो भने त हामीले ऋण नलिने, अनुदान मात्रै लिने भनेर केन्द्रीय कार्यसमितिबाटै निर्णय गरेका छौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर चिनियाँ अधिकारीलाई खुलस्त भन्नुभएको छ– अनुदान लिन्छौं तर ऋण लिन सक्दैनौं भनेर ।कांग्रेसको नीति पनि हो र राष्ट्रकै नीति हो ।

चीनले नेपालको विकासमा धेरै सहयोग पुर्‍याएको छ । भर्खरै चारवटा ठूला परियोजनामा कुराकानी भइरहेको छ । जसरी भारतबाट नेपालमा पर्यटक आउने गर्छन् । त्यसैगरी चिनियाँ पर्यटक पनि भित्र्याउन चाहन्छौं । दुवै छिमेकीसँग सन्तुलनको सम्बन्ध बढाउन चाहन्छौं ।

एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउँदै चीनका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने उहाको भनाइ छ।यो कांग्रेसको नीति पनि हो र राष्ट्रकै नीति हो । चीनले नेपालको विकासमा धेरै सहयोग पुर्‍याएको छ । भर्खरै चारवटा ठूला परियोजनामा कुराकानी भइरहेको छ । जसरी भारतबाट नेपालमा पर्यटक आउने गर्छन् । त्यसैगरी चिनियाँ पर्यटक पनि भित्र्याउन चाहन्छौं ।

दुवै छिमेकीसँग सन्तुलनको सम्बन्ध बढाउन चाहन्छौं ।त्यसै कारण प्रदीपकुमार ज्ञवालीजीले परराष्ट्र नीति यस्तो बनाउनुपर्छ भनेर सुझाव दिनुभएको छ । त्यसलाई पुनः अध्ययन गर्छु । राज्यको प्रस्ट र एउटै नीति बनोस् भनेर गम्भीर ढंगले लागेको छु । हाम्रो नीति भनेको असंलग्नताको जगमा बन्ने नीति हो । हाम्रो परराष्ट्र नीति कतिबेला दक्षिण त कतिबेला उत्तर हुने अवस्था आउन दिन हुन्न ।

सार्वभौम र स्वतन्त्र मुलुकको परराष्ट्र नीति व्यक्तिको निजी संलग्नताका आधारमा हुँदैन । राज्यले तय गरेको आधारमा परराष्ट्र नीति तय हुनुपर्छ : परराष्ट्रमन्त्री एवम् केन्द्रीय सदस्य राणाले भन्नु भयो।

साताअघि समकक्षी एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जाँदा जुन महत्त्व र उचाइमा सम्मान दिनु व्यक्तिगत रूपमा आफूलाई भन्दा पनि नेपाल सरकार र कांग्रेसको प्रतिनिधित्वका रूपमा भारतले देखाएको सम्मान जस्तो लागेको उँहाको भनाइ छ ।

भारत जानुअघिसम्म मलाई यो तहको भ्रमण र स्वागत होला भन्ने लागेको थिएन । यसअघि प्रधानमन्त्री पत्नीका रूपमा मात्र गएकी थिएँ । यस पटक परराष्ट्रमन्त्री भएर जाँदा भारतले हैदराबाद हाउसमा जुन तहको स्वागत गर्‍यो, त्यो मेरा लागि नभएर मुलुकका लागि नै महत्त्वपूर्ण छ  : उँहाले भन्नु भयो।