प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

मधुवन। श्री शहीद आधारभूत विद्यालय मधुवन नगरपालिका २, फुलबारी, बर्दियाको संघीय अनुदान नि.मा.वि.अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको बारेमा परीक्षाको सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि स्थगित गर्नको लागि निर्देशन दिन अनुरोध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा उजूरी परेको छ।
२०८१ भाद्र १३ गते परेको उजुरीको बोद्यार्थ जिल्ला प्रशासन कार्यालय बर्दिया र शिक्षा विकास तथा समन्वय इकाइ बर्दियामा समेत पेश गरिएको छ ।

विद्यालयको अनुदान कोटाको शिक्षक नियुतmी प्रकरणमा प्रश्नपत्र तयार गर्दा नि.मा.वि. स्तर तहगत पुस्तकबाट प्रश्नपत्र छनौट गर्नुपर्नेमा त्यसको विपरीत मा.वि.को प्रश्नपत्र छनौट गरिएको कारण बेरित परीक्षार्थीलाई विषय बाहिर भएबाट असहज अवस्था सृजना गरिएकोले कसैसंग नजोडिएको सिधा परिक्षा परिक्षार्थीलाइ लेख्न ग्राहो पर्ने स्थिति आयो।
मधुवन नपाको शिक्षा शाखामा फोटोकपि गर्ने रामश्याम चौधरीले फोटोकपि गर्न अन्य कागजातको फोटोकपि राखि  प्रश्नपत्रको फोटोकपि सती चौधरीलाइ उपलब्ध गराएकोले प्रश्नपत्र बाहिरिन पुगेको उजुरीमा उल्लेख छ ।
यस्ता कार्य पटक पटक शिक्षक छनौट गर्दा नि.मा.वि.को डेढ लाख र मा.वि.को एक लाख बार्गेनिङ्ग हँुदै आएको पनि उजुरीमा उल्लेख छ।
उजुरीमा शिक्षाशाखाबाट खटिएर जथाभावी गर्ने र संलग्न सबैलाइ शिक्षा ऐनअनुसार हदैसम्मको कारवाही गरी पाउँनु पर्ने भनिएको छ।
अख्तियारको दुरुपयोग गरेको विद्यालय व्यवस्थापन समितिलाई असहयको भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर चौधरीले बताउनु भएको छ ।
मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण खनालले परीक्षा सहभागी परीक्षाले उत्तरपुस्तिका च्याति दिएपछि परीक्षा स्थगित गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ परीक्षामा हलमा प्रश्नपत्र च्यातिएको हो । तर परीक्षामा सहभागी परीक्षार्थीले भनेजस्तै प्रश्नपत्रमा कुनै कमीकमजोरी छैन्। परीक्षामा सहभागी परीक्षार्थीले प्रश्नपत्रमा नै प्रश्न उठाएपछि प्रश्नपत्र ठिक छ भनेर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हुँ । प्रश्नपत्रको बारेमा कसैलाई कुनै शङ्का भएमा प्रश्न पत्र हेर्न सक्नुहुन्छ । ’परीक्षा कहिले गर्ने भनेर विद्यालयले व्यवस्थापन समितिले मिति तोकेपछि परीक्षा सञ्चालन हुने र परीक्षामा उत्तरपुस्तिका च्यात्ने परीक्षार्थीलाई सहभागी नगराइने शाखा प्रमुख खनालले बताउदै आउनु भएको छ ।
शहीद आधारभूत विद्यालयले शिक्षण सिकाइका लागि एक जना शिक्षकको आवश्यकता रहेको विज्ञापन असार २८गते गरेकोमा सीता लामिछाने, सति चौधरी, र दिनेश चौधरीको दरखास्त परेको विद्यालयका प्राधानाध्यापक आशाराम थारूले बताउनु भयो ।
पालिकाको कार्यालयमा भदौ ५ गते परीक्षामा सहभागी हनु भएकी परीक्षार्थी सीता लामिछानेले परीक्षामा माध्यामिक तहको प्रश्नहरू रहेको कारण परीक्षा रोक्न आग्रह गर्दा नमाने पछि उत्तरपुस्तिका च्यातेको प्रतिक्रिया दिदै आउनु भएको छ। उहाँले भन्नुभयो, ‘ परीक्षा सञ्चालन भएको केही बेरमा नै परीक्षामा माध्यामिक तहको प्रश्न छ । यसलाई रोक्न भनेकी थिए तर शिक्षा शाखा प्रमुखले तपाई भनेर परीक्षा रोकिन्छ भनेपछि उत्तरपुस्तिका च्यातेकी हुँ । मैले परीक्षा हलमा सहभागी हुँदा हाजिर समेत गरेकी छैन्। ’

नेकपा निकट अखिल (क्रान्तिकारीले) बर्दियाले मधुवन  नगरपालिका शिक्षा शाखा प्रमुख नारायण खनालले शुक्र  मावि लगायतमा मनोमानी ढंगले शिक्षक नियुक्ति सरुवा बढुवा लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोप लगाउँदै  २०७९ असोज ६ गते कालोमोसो दल्ने प्रयास गरेका थिए।

सो घटनाको नगरका पदाधिकारी, कर्मचारी सबैले विरोध गरेका थिए।

कालोमोसो दल्ने समूहमा पुगेका ३ मध्ये हुम्ला सोरु गाउँपालिका ७ का अर्जुन विष्ट पक्राउ  पनि परेका थिए।