January 13, 2025, Monday
२९ पुष २०८१, सोमबार

२० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा गर्नुपर्ने : सामाजिक अभियन्ता दुर्गा प्रसाई

२० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा गर्नुपर्ने : सामाजिक अभियन्ता दुर्गा प्रसाई

गुलरिया। राष्ट, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष सामाजिक अभियन्ता दुर्गा प्रसाद प्रसाईले २० महिनाको दौरानमा अभियानले हासिल गरेका उपलब्धिहरु सार्वजनिक गर्नु हुँदै २० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा गर्नुपर्ने बताउनु भएको छ।
२० महिनाको दौरानमा अभियानले हासिल गरेका उपलब्धिहरु सार्वजनिक गर्दे उहाँले २० लाख मुनिका सबै ऋणीको ऋण सरकारले मिनाहा गर्नु पर्ने, सो भन्दा माथिको ऋण लाई २५ देखि ३० बर्षको समय दिई ऋणको ब्याजदर लाई ५ प्रतिशतमा कायम गर्दै उद्योगी ब्यापारी र ब्यवसायीहरुलाइ ब्यवसाय संञ्चालनमा सहज अबस्था कायम नभएसम्म सबै नागरिकहरुलाइ ससक्त आन्दोलनमा सहभागी हुन अपिल गर्नु भएको छ ।
सहकारीबाट पिडित निक्षेप कर्ताहरुको डिपोजितलाइ अबिलम्ब सुनिश्चित गरि फिर्ता गराउनु हाम्रो अभियानको लक्ष्य र उद्देश्य रहेको हुदा सबै पिडित निक्षेप कर्ता नागरिकहरुलाइ समेत ऐक्यवद्धता जाहेर गर्दै हाम्रो अभियानमा सामेल भइ ससक्त आन्दोलनमा लागि पर्न सबैमा आव्हान गर्नुभएको छ।
नागरिक बचाउ महा अभियानले आगामी मंसिर ७ गतेबाट देशब्यापी रुपमा बिशाल नागरिक जन बिद्रोह गर्ने घोषणा गरेको छ ।
लघुवित्त , बैक तथा सहकारी संस्थाहरुले १८ देखि २२ प्रतिशत सम्म पुर्याउदै आएको ऋणको ब्याजलाइ आफुहरुको आन्दोलन र दबाबका कारण आज एक अंकमा कायम गर्न अभियान सफल भएको अध्यक्ष प्रसाईको भनाई छ।
बैंक तथा बितिय संस्थाहरुको ज्यादतीलाई सहन गर्न नसकी आत्मा हत्या गर्न विवश नागरिकहरुलाई बचाउन आफुहरुको आन्दोलनले बर्षौदेखि उठाएका मुद्दाका कारण बित्तीय संस्थाहरुको ऋण असुलीको भाखा तत्कालबाट वदर भइ तीन बर्षलाई कायम हुन पुगेको उहाँको दावि छ। यसबाट थोरै भए पनि ऋण र ऋणको चर्को ब्याजबाट पिडित आम नागरिकहरुमा राहतको आभाषसम्म भएको हामीले महशुस गरेका छौ ः अध्यक्ष प्रसाईले भन्नुभएको छ।