बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

सप्तरी । प्रहरीले बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ स्थित कोसी पलार क्षेत्रबाट बुधबार राति मारिएको बँदेलसहित १० जना शिकारीलाई पक्राउ गरेको हो । बदेलसहितका जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा अकाश यादव र नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी ज्ञानविक्रम शाह पक्राउ पर्नु भएको छ। यस्तै नेपाल प्रहरीका बहालवाला सई संजय न्यौपानेसमेत पक्राउ पर्नु भएको छ। न्यौपाने हाल मधेश प्रदेशको बर्दिबासमा कार्यरतत हुनु हुन्छ।
यसैगरी सप्तरीको तिहुत गाउँपालिका-२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी-२ का जनार्दन राउत, सुनसरीको इटहरी उपमहानगरपालिका-२० प्रदीप लिम्बु, राजविराज नगरपालिक- ७ का रविन दास, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -५ का ओमशंकर प्रसैला, हनुमाननगर कंकालिनी नगरपालिका -१ का लक्ष्मण मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहाका शंकर प्रसाद यादव पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट २२ क्यालिवरको राइफल १ थान, राइफलको म्यागजिन २ थान, गोली १५ थान, वाइनाकुलर ३ थान, ट्राइपोटर्र १ थान, फलामको हटौडा १ थान, खुर्पा १ थान, प्रदेश ३-०१-०२२ च ६८५५ नम्बरको स्कारपियो, को २ त ६९ नम्बरको ट्रयाक्टर १ थान र मारिएको बँदेल १ थान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकाहरुमाथि वन डिभिजनकोसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्