परराष्ट्र मन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री एस.जयशङ्करबीच भेटवार्ता सम्पन्न
नयाँ दिल्ली । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग आज नयाँ दिल्लीमा भेटवार्ता गर्नु भएको छ।
भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो।
यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा परराष्ट्र मन्त्री राणाले गर्नु भएको छ।
भारतीय विदेशमन्त्री नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई वहाँको पहिलो औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भएको छ
भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहकार्यका बारेमा छलफल भएको थियो ।
नेपालले भारतलाई करिब १००० मेगावाट विद्युत निर्यात गर्ने भएकोमा खुशी लागेको छ, यो एउटा नयाँ कोशेढुङ्गाको रुपमा रहेको छ : भारतीय विदेश मन्त्रीले भन्नु भयो।
हाम्रो छिमेकी पहिलो नीति र विशिष्ट जनता –जनताबीचको एवम् साँस्कृतिक नाताले हाम्रो सम्बन्धलाई अघि बढाएको : उँहाले भन्नु भयो।
प्रतिकृया दिनुहोस्