परराष्ट्र मन्त्री राणा र भारतका प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा शिष्टाचार भेट
नयाँ दिल्ली । परराष्ट्र मन्त्री डा. आरजु राणा देउबाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गर्नु भएको छ।
भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने परराष्ट्र मन्त्री राणाले अपेक्षा गर्नु भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवालाई स्वागतगर्न पाउँदा खुसी लागेको बताउँदै भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील र बहुआयामिक साझेदारी रहेको उल्लेख गर्नु भएको छ। हाम्रो विकास साझेदारीमा निरन्तर गतिको लागि तत्पर छ : प्रधानमन्त्री मोदीले ट्वीट गर्नु भएको छ।
भेटमा नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्रका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिस्टर काउन्सिलर द्रौपदा सापकोटा तथा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि राजदूत नवीन श्रीवास्तव सहभागी हुनु हुन्थ्यो।
भारत भ्रमणमा रहनु भएकी मन्त्री राणाले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनु भएको छ।
प्रतिकृया दिनुहोस्