प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच शनिबार भेटघाट कार्य सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटवार्तामा सरकारका कामका विषयमा कुराकानी भएको छ।

आफूहरु बीच केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भएको प्रधानमन्त्री  ओलीले बताउनु भएको छ ।