January 13, 2025, Monday
२९ पुष २०८१, सोमबार

उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

देउखुरी। आ व २०८०।०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरुलाइ  वन मंत्रालय लुम्बिनी प्रदेशले कदर पत्रले सम्मान गरेको छ।
वन निर्देशनालय तथा अन्तर्गतका कार्यालयहरुको कार्यक्रम व्यवस्थापन, अनुगमन र समग्र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भुमिका निर्वाहका लागी वन निर्देशक दधिलाल कँडेल सम्मानित हुनु भएको छ।
वन अतिक्रमण व्यवस्थापन, सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, काठ दाउरा उत्पादन, घाटगद्यी व्यवस्थापन तथा नविनतम प्रविधिको प्रयोगका लागि  बिजयराज सुबेदीज्यू लगायतको डिबका कपिलवस्तु सम्मानित भएको छ।
मानव वन्यजन्तु द्धन्द व्यवस्थापनका लागी शप्रबिण बिडारी लगायत डिभिजन वन कार्यालय बर्दियाले सम्मान प्राप्त गरेको छ।
भू तथा जलाधार व्यवस्थापनका समग्र कार्यक्रमहरुको समयमा नै प्रभावकारी कार्यान्वयनका लागि सरोज पोख्रेल लगायत भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाले सम्मान प्राप्त गरेको छ।
वन समुहहरुको व्यवस्थापन र सुशासन प्रबर्द्धनका लागि प्रभात सापकोटा लगायत डिबका रुपन्देही सम्मानित भएको छ।
वन अपराध रोकथाम र नियन्त्रणका लागी अजित कुमार कर्ण सहित डिबका बाँके सम्मनित हुनु भएको छ।
गैह्रकाष्ठ वन पैदावार खेती विस्तार र उद्यम प्रबर्द्धनका लागी शंकर प्रसाद गुप्ता लगायत डिबका प्यूठान सम्मानित हुनु भएको छ।

वन मन्त्री बादशाह कुर्मी, सचिव मोहनराज काफ्लेले उँहाहरुलाई सम्मान गर्नु भएको हो।