February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

नेपालगञ्ज । सोसियल अवेरनेस फर एजुकेसनल (सेफ)नेपालका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना बादीका नाममा पास गरिदिएको खुलेको हो ।
जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआईसी एसिया बैंकको कम्दी शाखामा धितो राखेर ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा १ करोड ५० लाख रुपैयाँ एनआईसी एसिया फास्ट ट्रयाक व्यवसाय कर्जा लिएको पनि पाइएको छ । संस्थाका प्रतिनिधि बन्दै सुकलालले २०७५ असार २१ मा नेपालगन्ज–७ फुल्टेक्राको एकतानगरमा रहेको ११ ‘क’ कि।नं। १३०२ को ४ कठ्ठा जग्गा २७ लाख रुपैयाँमा बिक्री गरेको देखिएको छ ।
बर्दिया पाताभार–२ की ४६ वर्षीया रिना बादीलाई राजीनामा गरिदिएको मालपोत कार्यालय बाँकेको राजीनामा पत्रमा उल्लेख छ । २७ लाख रुपैयाँमा संस्थाको उक्त जग्गा बिक्री गरिएको देखिए पनि रकम संस्थाको खाता वा अन्य कुनै ठाउँमा जम्मा भएको देखिएको छैन्।
मालपोत कार्यालय नेपालगन्जमा २०७५ असार २१ मा जग्गाको राजीनामा रजिस्ट्रेसन भएको देखिन्छ । रजिस्ट्रेसनमा संस्थाको चलानी नं। ९३ को संस्थाका प्रतिनिधि (सुकलाल नेपाली) खटाई २७ लाख रुपैयाँमा किनबेच गर्ने २०७५ जेठ २ को संस्थाको माइन्युट, चलानी नं ११८४२, २०७४ वैशाख २० मा करचुक्ता तथा २०७५ वैशाख १६ मा २०७४र७५ सालको तिरो तिरेको रसिद नम्बर ९१५६ उल्लेख गरिएको छ । साक्षीमा सुर्खेत छिन्चु–७ बस्ने जिउली बादी, नेपालगन्ज–१३ का हेमन्त सिंह साउँद र नेपालगन्ज–५ का हेमबहादुर रावत रहेका छन्।
उक्त जग्गामा घर तथा बाटो पनि नभएको व्यहोरा रजिस्ट्रेसनका लागि सिफारिस गरिदिएको पाइएको छ । जबकि, उक्त जग्गामा दुईतले भवन पहिलेदेखि नै निर्माण भएको थियो भने बाटो पनि थियो ।
सेफ नेपालका अध्यक्ष अभिषेक नेपालीले जग्गाको लालपुर्जाबारे पटक–पटक पूर्वअध्यक्ष सुकलाललाई आफूले सोधपुछ गर्दा पनि नदिएपछि खोज्दै जाँदा उक्त कुरा थाहा पाएको बताउनु भयो।उहाँका अनुसार संस्थाले हालै पाएको एक परियोजनाका लागि दातृ निकायले माग गरेको घरजग्गाको लालपुर्जालगायतका कागजपत्र खोज्ने क्रममा संस्थाको जग्गा पाँच वर्षअघि नै बिक्री भइसकेको रहस्य थाहा पाएको सुनाउनु भयो । ‘२०७५ जेठ २ मा बसेको संस्थाको बैठकबाट जग्गा बिक्री गर्ने निर्णय भएको देखिन्छ । त्यो निर्णयमा पनि अधिकांश कीर्ते हस्ताक्षर छ,’ अध्यक्ष नेपालीले भने, ‘संस्थाको नाममा रहेको घरजग्गा व्यक्तिका नाममा कसरी गयो ? बैंकले कुन आधारमा ऋण दियो ? वडाले कसरी सिफारिस र्गयो, यो सबै विषयको छानबिन हुनुपर्छ ।’
संस्थाको जग्गा कीर्ते हस्ताक्षर गरेर श्रीमतीको नाममा बिक्री गर्ने सुकलालमाथि छानबिन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी बाँकेमा मंगलबार ठगी मुद्दा दर्ता गराइएको अध्यक्ष नेपालीले बताउनु भयो । ‘आफैंले हुर्कार्एको संस्थालाई उहाँ आफैंले बेच्नुभयो,’ उहाँले भन्नुभयो, ‘यो व्यक्तिको कुरा मात्र होइन । हामी जसरी पनि यो घरजग्गा संस्थाका नाममा फिर्ताका लागि सबैको सहयोग चाहन्छौं ।’
बाँकेका डीएसपी नारायण डाँगीले संस्थाका पदाधिकारीले दुई महिनाअघि नै यससम्बन्धी उजुरी दिने कुरा गरे पनि उनीहरू आपसमै मिलाउनतिर लागेर मंगलबार मात्रै आएको बताउनु भयो । अहिले घटनासम्बन्धी थप प्रमाण जुटाउने काम भइरहेको पनि उहाँले बताउनु भएको कान्तिपुरमा खबर छ ।