बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नु पर्यो

नयाँदिल्ली । जनप्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको छ ।
महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ ।
जनता जागेपछि १५ सालको सत्ता ४५ मिनेटमा छोड्नु पर्यो। प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिना भारतको शरणमा पुग्नु भएको हो। अब बाङ्ग्लादेशमा सेनाले ‘अन्तरिम सरकार गठन गर्नेछ’।
बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेता हसिना आरक्षणको मुद्दालाई लिएर विद्यार्थीले गरेको आन्दोलनका कारण सोमबार राजीनामा दिन बाध्य भइन् ।
हजारौंको संख्यामा भेला भएका आन्दोलनकारीले ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवास गणभवन घेरेपछि उनले अवामी लिग पार्टीकी नेता एवं आफ्नी बहिनी शेख रेहना सिद्धिकीसँगै देश छाडेकी हुन् । उनी हेलिकोप्टर चढेर भारत गएको बीबीसी बंगला सेवाले लेखेको छ ।
हसिना ६ जनवरी २००९ मा प्रधानमन्त्री बनेकी थिइन् । पछिल्लो पटक हसिना ७ महिनाअघि मात्र चौथो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएकी थिइन्
विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहिस्कार गरेको निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिट जितेको थियो । तर, प्रमुख विपक्षी दल बीएनपीले निष्पक्षतामाथि प्रश्न गर्दै चुनाव बहिस्कार गरेको थियो ।
चुनावका लागि तटस्थ सरकार बनाउन माग राख्दा पनि प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले घातक बल प्रयोग गरेर विरोधीमाथि दमन गरेको आरोप लागेको थियो ।
प्रतिकृया दिनुहोस्