बर्दिया कृष्णसार यातायात ब्यवसायी प्रालिद्वारा यात्रुहरूको सुविधाको लागि E-Ticketing को व्यवस्था
गुलरिया । स्तरिय सेवाद्वारा यात्रु मैत्री, सुरक्षित र आरामदायी सेवा दिदै आइहरेको बर्दिया कृष्णसार यातायात ब्यवसायी प्रालिले आम यात्रुहरूको सुबिधाका लागि अनलाइन बुकिङ (E-Ticketing) मार्फत बुकिङ ब्यवस्थापन गरि बर्दिया देखि देशको विभिन्न शहरहरुमा यात्रुमैत्री सुबिधा सम्पन्न यातायात सेवा संचालनमा ल्याएको छ।
बर्दिया कृष्णसार यातायात ब्यवसायी प्रा.ली.मा रुपान्तरित भई यात्रु महानुभावहरुमा आधुनिक प्रणालीबाट विद्युतिय माध्यमद्वारा टिकट काउण्टरबाट टिकट काट्ने ब्यवस्थाका साथै अनलाईनबाट प्रा.ली.को वेवसाईट र मोबाईल एपबाट घरमा बसी आफैले सवारी साधन छनौट गरी अनलाईनमा उपलब्ध सिट आफ्नै मोबाईलबाट तोकिएको मोबाईल वालेट तथा मोबाईल बैकिङ्गबाट सिट बुकिङ्ग गर्न सकिने ई टिकटिङ्ग सेवा सुचारु गरिएको अध्यक्ष रवि मल्लले बताउनु भयो।
बर्दिया जिल्लालाई केन्द्र बिन्दु बनाई जिल्लाका गुलरिया र राजापुरबाट पश्चिममा धनगढी, महेन्द्रनगर र पूर्वमा नेपालगंज, सुर्खेत, दाङ, वुटवल, नारायणगढ, गितानगर, हेटौडा, विरगञ्ज, पोखरा लगाएत देशको राजधानी काठमाडौं साथै भारतको राजधानी दिल्ली (कश्मिरी गेट) लगाएत उत्तर प्रदेशको लखनऊसम्म स्तरिय सेवाद्वारा यात्रु मैत्री, सुरक्षित र आरामदायी सेवा दिदै आइहरेको संरक्षक संरक्षक शम्भु रिजालले बताउनु भयो।
बर्दिया जिल्लाका यातायात ब्यवसायीहरुको समरक्षण र प्रबर्धनका लागी वि.सं. २०५७ सालमा जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता नं.२३२ संघ संस्था ऐन २०४३ अन्तर्गत दर्ता गरिएको श्री बर्दिया कृष्णसार यातायात ब्यवसायी संघको नाममा स्थापित यस संघको प्रधान कार्यालय सदरमुकाम गुलरिया नगरपालिकाको वडा नं. ६ बंगलामुखी स्कुल चोकमा आफ्नै भवनमा रहेको छ ।
नेपाल सरकार र नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ बिच वि.सं. २०७५ सालमा भएको सहमती अनुसार संघ संस्थाहरु प्रा.ली.मा रुपान्तरित गर्नु पर्ने निर्णय बमोजिम वि.सं. २०७६ सालमा कम्पनी रजिष्ट्रार कार्यालयबाट क.र.न. २१६४५० र पान नं. ६०९५४८२१५ लिई सेवा पुर्याइरहेको संरक्षक शम्भु रिजालले बताउनु भयो।
प्रतिकृया दिनुहोस्