February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त

नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त

गुलरिया। सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व गर्ने अवसर पहिलो पटक महिलाको रुपमा गडतौलाले पाउनुभएको हो । यसअघि उहाँ कायमुकायम मुख्य सचिव हुनुहुन्थ्यो
कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व अवसर पहिलो पटक महिलाको रुपमा गडतौलाले पाउनुभएको हो । यसअघि उहाँ कायमुकायम मुख्य सचिव हुनुहुन्थ्यो ।
तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा तानेपछि वरिष्ठताका आधारमा उहाँ कामु मुख्यसचिव बन्नुभएको थियो । उहाँ सचिव पदमा २०७७ साल कात्तिक २७ गते बढुवा हुनुभएको थियो ।
५८ वर्षे उमेरहदले उहाँ यही भदौ १५ सेवानिवृत्त हुनुहुनेछ । २०२३ साल भदौ १५ गते तेह्रथुमको पिप्लेमा जन्मनुभएकी गड्तौला सरकारी सेवामा २०५२ पुसमा कानुन सेवाको शाखा अधिकृत हुँदै प्रवेश गर्नुभएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौला निमित्त, कायममुकाय हुँदै मुख्यसचिव पदमा नियुक्त हुनु भएको हो।
यससँगै गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव हुनु भयो। तर उनको कार्यकाल भने लामो हुने छैन।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाएसँगै मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने अवसर आएको हो।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गत असार ९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले वरिष्ठ सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाएको थिगड्तौला २०७७ कात्तिकमा सचिवमा बढुवा हुनु भएको थियो।  उहाको कार्यकाल यही भदौ १५ गतेसम्म मात्र छ। भदौ १५ गते उनी ५८ वर्ष पुग्नु हुन्छ। उमेर हदका कारण सोही दिनदेखि उनी अवकाशमा जाँदै हुनुहुन्छ।
निजामती सेवा ऐन २०४९ मा मुख्यसचिवको कार्यकाल ३ र सचिवको कार्यकाल ५ वर्ष हुने उल्लेख छ। तर कार्यकाल नसकिँदै ५८ वर्ष पुगेमा स्वत: अवकाशमा जानुपर्छ।
गड्तौला २०५२ साल पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नु भएको थियो।
गड्तौलाले ‘ह्युमन राइट्स एण्ड जेण्डर’ र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ त्यसबेला न्यायसेवाको शाखा अधिकृतमा १७ जनाको नाम सिफारिस हुँदा उहा पहिलो नम्बरमा हुनु हुन्थ्यो।
उहा २०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव र २०७७ साल कात्तिकमा सचिव हुनु भएको थियो । उहाले १७ वर्ष कानुन मन्त्रालयमा मात्रै काम गर्नु भएको थियो। तर पहिलो महिला कानुन सचिव हुने अवसर भने पाउनु भएन।
२०८० साउन ७ गते तत्कालीन कानुन सचिव धनराज ज्ञवालीको अवकाश भएपछि उनलाई कानुन सचिवका रूपमा पनि हेरिएको थियो। तर त्यसबेला प्रधानमन्त्री कार्यालयका उदयराज सापकोटालाई कानुन सचिवमा नियुक्त गरियो। गड्तौलाले  तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेरै यसमा असन्तुष्टि जनाउनु भएको थियो। कानुनमा दख्खल राख्ने गड्तौला २०२३ सालमा तेह्रथुमको म्याङ्लुङमा जन्मिनु भएको हो।
मुख्यसचिव नियुक्त भएपछि  संक्षिप्त प्रतिक्रिया दिँदै गड्तौलाले सरकारको यो निर्णयले आफू खुसी भएको बताउनु भयो। ‘म एकदमै खुसी छु,’ गड्तौलाले भन्नु भयो, ‘आफूले सेवा गरिरहेको निजामतीको सबैभन्दा विशिष्ट स्थानमा पुग्दा कसलाई खुसी लाग्दैन र?’
नेपालको निजामती कर्मचारीको इतिहासमा २०४१ सालमा चन्द्रकला किरण पहिलो महिला सचिव हुनु भएको थियो परराष्ट्र सेवामा सेवा लम्साल पहिलो महिला सचिव हुँदा पनि निजामती प्रशासनमा महिला नेतृत्वका लागि खुड्किलोका रूपमा लिइएको थियो।
निजामती सेवामा अहिले महिला कर्मचारी २०.६४ प्रतिशत छ। राष्ट्रिय किताबखानाका अनुसार ८५ हजार पाँच सय १२ जना कर्मचारीमध्ये २४ हजार एक सय ४३ जना महिला कर्मचारी छन्।
अहिले आठ जना महिला सचिव छन्। तीमध्ये गड्तौला मुख्यसचिव भएसँगै अब सात जना महिला सचिव छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमा लेख्दै मुख्यसचिव गड्तौलालाई बधाई दिनु भएको छ।
‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई। आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई,’ ओलीले लेख्नु भएको छ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपालको कर्मचारी प्रशासनको प्रमुख नेतृत्व गर्ने अवसर पहिलो पटक महिलालाई प्राप्त भएको बताउनु भएको छ । आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा श्री लीलादेवि गड्तौलाज्यु लाई नियुक्त गरेपछि कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलाको काँधमा आएको हो : उहाँले भन्नु भयो:  यस अवसरमा नवनियुक्त मुख्यसचिव श्री लीलादेवी गड्तौलाज्यु लाई धेरै बधाई र उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।