लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना मन्त्री
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना मन्त्री बुधबार बिहान पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन्।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका गराउनु भएको हो। लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाउनु पाएका छन्।
मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट गुल्मीबाट धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी रहनु भएको छ।
नेकपा (एमाले)बाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा रहनु भएको छ ।
आज बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका सबै मन्त्रीलाई भोलिसम्ममा मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमाले लुुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो।
८७ सदस्यीय प्रदेश सभामा माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्र विपक्षमा हुनुहुन्छ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त ९ जना मन्त्रीलाई शपथ ग्रहण गराउनु भएको हो। एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् । उहाहरूको जिम्मेवारी तोकिएको छैन कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गराउनु भएको हो । उँहारूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराउनु भएको थियो। उहाहरूको जिम्मेवारी तोकिएको छैन्।
प्रतिकृया दिनुहोस्