January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

गुलरियाका ३ मासु पसललाई जरिवाना एक बन्द गरियो

गुलरियाका ३ मासु पसललाई जरिवाना एक बन्द गरियो

गुलरिया। अफताव पशुचौपाया सप्लायर्सलाई रु २००००।-, मुवारक फ्रेस हाउसलाई रु. १००००।-, बबई खसी बोका मासु सेन्टरलाई रु. ५०००।- जरिवाना गरिएको र वराति मासु पसललाई बन्द गराईएकाे छ ।आज मिति २०८१।०४।०७ गते सहायक प्रमुख जिल्ला अधिकारी एवम् निरीक्षण अधिकृत रोशन कुमार कठायतको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, स्थानीय तह, वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र उद्योग वाणिज्य संघको संयुक्त बजार अनुगमन टोलीले गुलरिया नगरपालिकास्थित विभिन्न मासु पसलहरुको अनुगमन गरेको  थियो।

अनुगमनका क्रममा तोकिएको मापदण्ड पुरा नगरी संचालनमा रहेका अफताव पशुचौपाया सप्लायर्सलाई रु २००००।-, मुवारक फ्रेस हाउसलाई रु. १००००।-, बबई खसी बोका मासी सेन्टरलाई रु. ५०००।- जरिवाना गरिएको र वराति मासु पसललाई बन्द गराईएकाे प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताउनु भयो।