निजी रकमबाट जग्गा खरिद गरेको मानवीर विश्वकर्माको प्रष्ट्याई
गुलरिया । प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा विगत २ दशकभन्दा लामो समयदेखि कार्य गर्दै आउनु भएका अनुभवी, अब्बल सामाजिक व्यक्तित्व मानवीर विश्वकर्माले २०७८ साल कार्तिक ३० गते गुलरिया ६, बर्दियामा निजी रकमबाट आवादी रैकर निजी ४ कठ्ठा जग्गा खरिद गरेको प्रष्टाउनु भएको छ।
सत्यतथ्य बहिर ल्याउने भन्दा पनि रिसिबी पुरा गर्न आफूसँग कुनै कुराकानी नगरी व्यक्तिगत छवि र चरित्रमा आँच पुरयाउने गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गरिएको प्रचारबाजी पाेष्ट विरुद्ध आफू सम्बन्धित निकायमा न्यायको लागि जाने उँहाको भनाइ छ।
बिना तथ्य र पुरा कुरा नबुझी एकहाेराे लगातार आँच आउने गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा पाेष्ट गर्नु सामाजिक सञ्जाल ऐन बर्खिलाप र साइबर अपराध रहेको बताउँदै भन्नु भयो : यदि म दाेषी छु भने पनि सम्बन्धित निकायले जे सजाय तोक्छ त्यो भोग्न तयार छु
संस्थाका लागि आएको बजेट व्यक्तिगत रुपमा प्रयोग नभएको सामुदायिक विकास संस्थाका अध्यक्ष कालुराम विश्वकर्माले बताउनु भयो। सामुदायीक विकास संस्थाका लागि आएको बजेट व्यक्तिगत रुपमा प्रयोग भएको भनी ब्यक्तिगत रिसिबीका कारण फैलाइएको भ्रम मात्रै हो : अध्यक्ष विश्वकर्माले बताउनु भयो।
कोरोना महामारी फैलिएको बेला गुलरियामा साझेदारिमा व्यवसाय गर्न मित्र डगलस किम्लेसले सन् २०२१ मा मानवीर विश्वकर्माको नाममा तत्कालीन बैंक अफ काठमाडौंमा रहेको व्यक्तिगत खाता ०३२९००००१७२९५२४ मा पटक पटक गरि करिब १ करोड ५ लाख रुपैयाँ पठाइदिएका थिए।
प्रतिकृया दिनुहोस्