January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

वन्यजन्तुबाट भएको क्षतिबाट मृत्युवरण गरेका तथा गम्भीर घाईते पिडित परिवारहरूलाई रू २५ लाख ५० हजार रकम राहत स्वरूप हस्तान्तरण

वन्यजन्तुबाट भएको क्षतिबाट मृत्युवरण गरेका तथा गम्भीर घाईते पिडित परिवारहरूलाई रू २५ लाख ५० हजार रकम राहत स्वरूप हस्तान्तरण

गुलरिया। प्रदेश सरकारबाट वन्यजन्तुबाट भएको क्षतिबाट मृत्युवरण गरेका तथा गम्भीर घाईते भएका पिडित परिवारहरूलाई रू २५ लाख ५० हजार रकम राहत स्वरूप हस्तान्तरण गरिएको छ।
प्रदेश सभा सदस्यहरु जन्मजय तिमिल्सिना, भुवनेश्वर थारू, मालती सोडारी, राजकुमार चौधरी, लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले लगायतको विशेष उपस्थितिमा सो राहत बितरण गरिएकोेले डिभिजनल वरिष्ठ अधिकृत प्रबिन बिडारी बताउनु भयो।
प्रदेश सरकारबाट राहत बितरणको आरम्भ भएका प्रति सबै जनाले खुशी व्यक्त गरेका छन् ।