गेरुवाका आगलागी प्रभावितलाई प्रदेश सरकारबाट राहत रकम प्रदान

बर्दिया । गेरुवा गाउँपालिका बडा नं ५ मा २०७९ चैत्र २६ आगलागीबाट पूर्ण घर क्षति भएका लाछुराम बम, बिष्णु बहादुर बम, शर्मिला शाहि र विपना बम चार घर परिवारलाई लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु. ३० / ३० हजार राहत रकम स्थलगत रूपमै पुगी हस्तान्तरण गरिएको छ।
यस अघि पनि आगलागी लगतै ती चार परिवारलाई जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट रु. १५/१५ हजार राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले हस्तान्तरण गरिएको थियो।
प्रतिकृया दिनुहोस्