January 12, 2025, Sunday
२८ पुष २०८१, आईतवार

जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

गुलरिया। जेष्ठ नागरिकहरुको हक अधिकार एवं जेष्ठ नागरिकहरुलाई अन्य उमेर समुहका व्यक्तीहरुले गर्नुपर्ने आदर सम्मानका साथै शिष्ट व्यबहार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय बर्दियाले गुलरिया नगरपालिका – ९ मथुरामा ३५० जनालाई सचेतना प्रदान गरिएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्याल, प्रहरी निरीक्षक चक्र बहादुर देउवा, वडा अध्यक्ष हरि प्रसाद पासीले जेष्ठ नागरिकहरुलाई अन्य उमेर समुहका व्यक्तीहरुले आदर सम्मान र शिष्ट व्यवहार गर्नुपर्ने बताउनु भयाे।

“माया हेरचाह र सम्मानित व्यवहार, जेष्ठ नागरिक प्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार” भन्ने मुल नाराका अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस विश्वभर मनाइएको छ।