July 23, 2024, Tuesday
८ श्रावण २०८१, मंगलवार
Trending

महासंघद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण

महासंघद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण

गुलरिया । मृगौला प्रत्यारोपण गराइरहनुभएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य प्रेम स्याङतानको उपचारका लागि नेपाल पत्रकार महासंघ केन्द्रको पहलमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
महासंघ जापान शाखाबाट प्राप्त २,०५,५३०/– र कुवेत शाखाबाट प्राप्त २५,५००/– गरी जम्मा २,३१,०३०/– (दुई लाख एकतीस हजार, तीस रुपैयाँ) हस्तान्तरण गरिएको महासंघका अध्यक्ष विपुल पोख्रेलले बताउनु भयाे।
त्यस्तै, ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतको उपचारका लागि कोरिया शाखाबाट प्राप्त ५९,५२१/– , पाँचथर शाखाबाट प्राप्त ११,०००/–, नवलपरासी शाखाबाट प्राप्त १०,०००/– र खोटाङ शाखाबाट प्राप्त २५,३००/– गरी जम्मा १,०५,८२१/- (एक लाख पाँच हजार आठसय एक्काईस रुपैयाँ) उपलब्ध गराइएको कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताउनु भयो।