जनतालाई महसुस हुने काम गर्न मुख्यमन्त्री चौधरीको निर्देशन
दाङ,२० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । उहाले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन नहुने भन्दै कागजी प्रगति भन्दा पनि महसुस हुने प्रगति अहिलेको आवश्यकता रहेको बताउनु भयो। हामी प्रतिसतको काममा अल्झिएका छौ, उहाले भन्नु भयो, कर्मचारी साथीहरुले त्यता तिर पनि ध्यान दिनुुस । कार्यसम्पादन र गुणस्तरमा ध्यान दिन समेत उहाले निर्देशन दिनु भयो ।
प्रदेशले गौरवको रुपमा लिएको कार्यक्रम मुख्यमन्त्री आर्थिक विकास कार्यक्रको छलफल कार्यक्रममा कर्मचारीहरुलाई मुख्यमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमले नयाँ रोजगार सृजना गर्ने कार्यक्रम मात्रै सन्चालन गर्ने र त्यहि अनुसार योजना र नीति बनाउन निर्देशन समेत दिनु भयाे।
उहाले उत्पादनसंग जोडेर कार्यक्रमहरु सञ्चालन गर्न र उत्पादनमुखी कार्यक्रम निर्माण गर्न आग्रह गर्नु भयो। उहाले यसका लागि आबश्य विज्ञहरुको व्यवस्थापन गर्न समेत निर्देशन गर्नु भयो। प्रदेशलाई आर्थिक समृद्धि तर्फ लैजाने र नागरिकलाई रोजगारीमा जोडने मुख्यध्यय सरकारको रहेको भन्दै त्यसतर्फ नै केन्द्रित रहन उहाको आग्रह थियो । स्थानीय उत्पादहरुलाई बजारीकरण गरी स्थानीय स्तरमा रहेका जनताको जिवनतर परिवर्तन गर्न सकने गरी काम गर्न आग्रह गर्नु भयो । लुम्बिनी प्रदेशमा उत्पादन भएका विभिन्न सामाग्रीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पु¥याउने गरि योजना बनाउनु पर्ने बताउनु भयो ।
कृषिमा नयाँ पद्दति र नयाँ व्यवसाय र व्यवसायीकरणलाई प्राथमिकता दिने गरि समेत सरकारले कार्यक्रम ल्याउने बताउनु भयो।
प्रतिकृया दिनुहोस्