January 18, 2026, Sunday
५ माघ २०८२, आईतवार
Trending

कांग्रेस सभापति देउवाद्वारा विभागहरुको प्रमुख मनोनयन

कांग्रेस सभापति देउवाद्वारा विभागहरुको प्रमुख मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ ।
नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यह कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग प्रमुखमा , पुष्पा भुसाल महिला विभाग प्रमुखमा, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग प्रमुखमा, किरण यादव तराई—मधेश समन्वय विभाग प्रमुखमा, योगेन्द्र चौधरी थारु विभाग प्रमुखमा, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग प्रमुखमा, आङ्गेलु शेर्पा पर्यटन विभाग प्रमुखमा मनोनित हुनु भएको छ।
डा. रणबहादुर रावललाई गैर सरकारी संस्था समन्वय विभाग प्रमुखमा, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग, प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग, रंगमती शाही पिछडिएको क्षेत्र विभाग, गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग,नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग र सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुखमा मनोनित गर्नु भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भयाे।