October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

बर्दिया । राजापुर नगरपालिकाले आवधिक योजना, २०८० र क्षेत्रगत योजना, २०८० पारित गरेको छ।

आज असार २३ गते शनिबार बसेको राजापुर नगर कार्यपालिकाको बैठकले वहाल कर व्यवस्थापन कार्यविधि, २०८०  व्यवसाय कर सम्बन्धी कार्यविधि, २०८० र सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०८०पारित गरेको नगर प्रमुख दिपेश थारूले बताउनु भयो।

बैठकले भूमि आयोगको भूमिहिन दलित, शुकुम्बासी र अव्यस्थित बासोबासीको जग्गा कन्ट्रोल पोइन्ट नियन्त्रण बिन्दु नापजाँच सम्बन्धी निर्णय समेत गरेको नगर प्रमुख थारूले बताउनु भयो।