March 24, 2025, Monday
१० चैत्र २०८१, सोमबार
Trending

दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीद्वारा दुई जना पक्राउ

दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीद्वारा दुई जना पक्राउ

कञ्चनपुर । दोहोरो नागरिकता बनाएको कसूरमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका-५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।