January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

कृषि, स्वास्थ्य, गुणस्तरिय शिक्षा, पर्यटन मानव बन्यजन्तु द्वन्द्व नियन्त्रण मधुवनको प्राथमिकता

कृषि, स्वास्थ्य, गुणस्तरिय शिक्षा, पर्यटन मानव बन्यजन्तु द्वन्द्व नियन्त्रण मधुवनको प्राथमिकता

मधुवन। कृषि, स्वास्थ्य, गुणस्तरिय शिक्षा, पर्यटन, मानव बन्यजन्तु द्वन्द्व नियन्त्रणलाई प्राथमिकता दिँदै मधुबन नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरप्रमुख तेज बहादुर भाटले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वस्थ बैज्ञानिक र प्रतिस्पर्धि बनाइ समग्र मधुबन नगरलाइ सामाजिक, शैक्षिक, साँस्कृतिक र आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्ने उद्घोष गर्नु भयाे।
नीति तथा कार्यक्रममा “आय आर्जन र रोजगारमुख्री आधार, ब्यवसायिक पशुपंन्छी पालनमा हाम्रो सरोकार भन्ने नाराका साथ पशु पालन ब्यवसायलाइ ब्यवसायिकिकरण, आधुनिकिकरण, बिबिधिकरण, बजारिकरण र यान्त्रिकिकरण गर्न सेवा टेवा कार्यक्रम संचालन गरि आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर हुँदै निर्यातको दर बढाउने र रोजगारी स्थापना गर्न सम्मानित पेशाको रुपमा बिकास गरिने उल्लेख छ।
सबै वडाहरुमा एक वडा एक प्राबिधिकको माध्यमबाट निःशुल्क प्राबिधिक सेवा उपलब्ध गराउने, आलुको पकेटक्षेत्र बनाई कृषिमा आत्मनिर्भर कार्यक्रम संचालन गर्ने, समुहमा बेसार खेती गर्न चाहने उद्यम संचालन गरि नगरपालिकाको “मधुबन ब्रान्ड“ प्रयोगमा ल्याउन चाहने इच्छुक कृषक समुह तथा कृषि सहकारीलाई प्रसोधन कार्यका लागि अवश्यक मेशेनरी औजार अनुदान कार्यक्रम सन्चालन गर्ने मधुवनको नीति तथा कार्यक्रममा उल्लेख छ।
नगर भरी हरियाली प्रर्बद्धन, स्वच्छ र सफा हाम्रो मधुबन भन्दै एक समुदाय एक बन, एक उद्यान, एक पानी पोखरीको अभियान संचालन गरि पर्यटनमा टेवा पुर्याइ जैविक बिबिधताको संरक्षण गर्ने र विपद् ब्यवस्थापन गर्ने समेत नीति समेत लिएको छ । मानव बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सम्भाबित स्थानमा तारबारको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको उप प्रमुख अनिता चौधरीले बताउनु भयाे।