September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड रहेन : अख्तियार प्रमुख राई

कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड रहेन : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताउनु भएको छ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जबाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे ।‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौँ । जहाँ पनि, जसले जे गर्दा पनि ठिक छ कारबाही नगर्ने । कर्मचारीले मनपरी कार्य गर्छ फेसबुकमा । सोसल मिडियामा आफ्नै हाकिमको विरुद्धमा मनपरी लेख्छ । त्यो कर्मचारीलाई कारबाही गर्ने हिम्मत हामीमा छैन, तर कानुनमा छ’, उहाले भन्नु भयो।

संघ, प्रदेश र स्थानीय तहमा परामर्श सेवाका नाममा अर्बौ बजेट खर्च भइरहेको तर त्यसको प्रतिफल केही नदेखिएको अख्तियारका प्रमुख आयुक्त राईको भनाई छ।