September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

मधुवनमा कर्मचारीको मिलोमतोमा नदीजन्य पदार्थमा राजश्व छली

मधुवनमा कर्मचारीको मिलोमतोमा नदीजन्य पदार्थमा राजश्व छली

मधुवन । मधुवन नगरपालिकाद्वारा अवैधरुपले अमानतमा नदी जन्य पदार्थको ढुवानी तथा बिक्री वितरण गरेपछि ईलाका प्रहरी कार्यालय ढोढरीले अनुसन्धान एवम् कारवाही प्रक्रिया प्रारंभ गरेको छ।
पालिकाका कर्मचारीको मिलोमतोमा मिति बिनाको  रसीद र एउटा गाडीको रसीद काटेर १० गाडीसम्म डुङ्गा गिट्टि ओसारपसार गरी कर तथा राजश्व छली भएपछि प्रहरीले आवश्यक कारवाही सुरु गरेको हो।
प्रहरी निरीक्षक बखत बहादुर शाहीले अबैध तरिकाले भईरहेको उत्खनन रोक्न प्रहरीले १२ वटा ट्र्याक्टर र नगदी ठेलि समेत नियन्त्रणमा लिई पालिकामा बुझाइ आवश्यक अनुसन्धान जारी राखेको छ।
मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने भने आफूले नीति नियम बमोजिम काम गर्दै आएको दाबी गर्नुहुन्छ।