December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

नेपाल-भारतबीच भएका समझदारीहरु

नेपाल-भारतबीच भएका समझदारीहरु

नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेसँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा समझदारी भएको छ।

जेठ १८ गते बिहान प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भयो। उक्त भेटवार्तालगत्तै प्रधानमन्त्री द्वयकाे नेतृत्वमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयाे। द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री द्वयले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरे।
भारतीय प्रधानमन्त्री मोदीले सम्बाेधन गर्दै दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई ‘सुपरहिट’ बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो। साथै, उहाले दुई देशबीच विद्यमान सीमालगायत सम्पूर्ण मुद्दाहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
यसै क्रममा नेपाल र भारतबीचकाे पारबहन सन्धि नवीकरण भएकाे छ। याेसँगै नेपाललाई समुद्रमा पानी जहाज सञ्चालनको बाटो खुलेकाे विश्लेषण गरिएकाे छ। साथै, याे सन्धिकाे नवीकरणपछि नेपालले भारत र तेस्रो देशसम्म व्यापारका लागि जलमार्गसहित थप सुविधा प्राप्त गरेकाे छ।
सम्बोधनकै क्रममा प्रधानमन्त्री द्वयले अमलेखगन्ज–चितवन लोथलसम्म–सिलीगुडी–झापा पेट्रोलियम पेट्रोलियम पाइपलाइन निर्माण गर्ने समझदारी भएको छ।
यस्तै, दोधारा–चाँदनी, नौली–भैरहवा र नेपालगन्ज–रूपैडियामा इन्टिग्रेटेड चेकपोस्ट स्थापना गर्ने समझदारी भएको छ। भारतको बथनाहा–नेपालको विराटनगरसम्म कार्गो रेलको संयुक्त उद्घाटन भएको छ।
भारतले १० वर्षमा नेपालबाट १० हजार मेगाबाट बिजुली लैजाने सम्झौता भएको छ। यस्तै, फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपिसीबीच सम्झौता भएको छ।
न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास हुनुका साथै तथा क्रस बोर्डर पेमेन्टसम्बन्धीसमेत समझदारी भएको छ।
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अघि बढाउन पिडिएमा हस्ताक्षर भए पनि  मुख्य एजेन्डाका रूपमा रहेका हवाई रुट र पञ्चेश्वर परियाेजनाअन्तर्गन महाकालीकाे पानी भाेगचलनसम्बन्धी भने ठाेस समझदारी बन्न सकेकाे देखिँदैन।