जनचाहना बमोजिम गौरवका काम गर्दै बारबर्दिया नगरपालिका

बारबर्दिया । नगरको समग्र बिकास र जनताको समृद्धिको लागि बारबर्दिया नगरपालिकाले जनचाहना बमोजिमका कार्य गर्दै आइरहेको छ।
बारबर्दिया नगरपालिकामा नगर प्रमुख छविलाल थारू नेतृत्वको जनप्रतिनिधिहरु निर्वाचित भएको ११ महिना पुगेको छ। चालू आ.व.को चैत्र २० सम्म चालु ५३.२७%र पुजीगत १४.०२% गरि समग्रमा ३७.१%बित्तिय प्रगति भएको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताउनु भयाे। गत आ.व.को आजकै दिनसम्म समग्र वित्तीय प्रगति ३६.४४ प्रतिशत रहेको थियो ।आजकै मितिसम्मको नेपाल सरकारको अवस्था ४७.२८%रहेको स्थितिलाई मनन् गर्न समेत बार बर्दिया नगरपालीकाले सबैमा अनुरोध गरेको छ। बारबर्दियाका गौरबका बाटाहरु सहिद मार्ग कालोपत्रे सम्पन्न भैसकेको छ भने राम प्रसाद मार्ग कालोपत्रे निर्माणकार्य सुचारु रहेको नगरप्रमुख छविलाल थारूले बताउनु भयो।
गौरिपारा रानिजरुवा सडक कालोपत्रे सम्पन्न हुन अन्तिम चरणमा छ र बाँकी सबै साना ठुला सडकहरु निर्माणकार्य तिब्ररुपमा अघि बढिरहेको उपप्रमुख रत्न पाण्डेयले बताउनु भयो। बारबर्दियाको गौरवको रुपमा रहेको नगर रंगशाला निमार्णकार्य तिब्ररुपमा भैरहेको प्रमुख प्रशासकीय अधिकृत कोईरालाले बताउनु भयाे।
बारबर्दियामा रहेको सिकलसेल अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा बिकसित गर्न आफूहरु लागिपरेको नगर प्रमुख थारूले बताउनु भयो। सेनेटरी प्याड गुणस्तरहिन देखिएपछी टेन्डर रद्द गरी नयाँ टेन्डर प्रक्रियामा लैजादा थोरै समय लागेको र प्याड आइसकेको लेखापाल सत्येन्द्र जिसीले बताउनु भयो।
नगर अस्पताल डक्टर बिहिन कुनै दिनपनी नरहेको र अहिले पुर्ण रुपमा सहज रहेको र अस्पतालले गुणस्तरीय सेवा दिइरहेको पालिकाले स्पष्ट पारेको छ। पालिकामा रिक्त रहेको रोजगार सहायक पदमा पनि पदपुर्ति भैसकेको छ।
प्रतिकृया दिनुहोस्