February 3, 2025, Monday
२१ माघ २०८१, सोमबार

चैत्र ४ गतेदेखि बढैयातालमा पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने

चैत्र ४ गतेदेखि बढैयातालमा पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने

स्याउलीबजार । बढैयाताल ८ मा रहेको मयूर युवा क्लबको खेल मैदानमा चैत्र ४ गतेदेखि सुरु हुने चौथो बर्दिया जिल्ला पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता २०७९ को तयारी सुरु भएको छ।
बढैयाताल गाउँपालिका ८ न.वडा कार्यालय र कालिका सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना, बर्दिया एकेडेमी पोलिटेक्निक रिसर्च सेन्टर तिलकानाको प्रायोजनमा सो प्रतियोगिता हुन लागेको हो।
युवा नै हो देशको शान: सबैले गरौ खेलकुदमा योगदान भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताको तयारी सुरु भएको आयोजक बढैयाताल गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले बताउनु भयाे।
रु.११ लाख जति खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा वडा कार्यालयले २ लाख र गाउँपालिकाले ३ लाख सहयोग गर्ने बढैयाताल गाउँपालिकामा अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयाे।
कार्यक्रम बारे आयोजित पत्रकार सम्मेलनमा कालिका सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष सुन्दर मान श्रेष्ठ, बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दान वहादुर ऐडी समेतको उपस्थिति थियो।