February 3, 2025, Monday
२१ माघ २०८१, सोमबार

हत्या आरोपित पक्राउ

हत्या आरोपित पक्राउ

गुलरिया । २०७५ मंसिर २७ गते आफ्नै दाजु राम बहादुर थारुको हत्या गरी फरार रहेका गेरुवा गाउँपालिका-१ जनकनगरका ३१ वर्षीय सीताराम थारु चार वर्षपछि पक्राउ परेका छन् ।
फरार अभियुक्त सीतारामलाई इलाका प्रहरी कार्यालय पाताभारले पक्राउ गरेको हो । दाउराको चिर्पटले टाउकोमा प्रहार गरी घाइते बनाएकोमा घाइते दाजु रामबहादुरको काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा ०७६ साल बैशाख ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउनु भयो।
‘सीतारामले ०७५ साल मंसिर २७ गते राति अन्दाजी ११ बजे गाउँको बिहेबाट एक्लै फर्कने क्रममा कुलोको ढिकमा टाउकोमा चिर्पटा प्रहार गरी घाइते बनाइ उपचारको क्रममा रामबहादुरको मृत्यु भएको थियो,’ एसपी शाहीले भन्नु भयो, ‘जग्गा विवाद र सामूदायिक वनको काठ सम्बन्धी विवादका कारण दाजुभाईबीच लामो समयसम्म बोलचाल थिएन,’
पक्राउ गरेका थारुले दाउराको चिर्पटले हिर्काएको स्वीकार गर्दै बयान दिएका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा सरकारी वकिल कार्यालय मार्फत् अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक शाहीले बताउनु भयाे।