लक्ष्मी माबिको ८ कोठे भवनको भुमी पुजनसहित शिलान्यास

सरला सुबेदी ( बाँके) । कोहलपुर नगरपालिका वडा न २ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालयमा ८ कोठे भवनको भुमी पुजन सहित शिलान्यास गरिएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यर उपप्रमुख संगीता सुबेदीले एक कार्यक्रमका बिच ८ कोठे भवनको भुमी पुजन सहित शिलान्यास गर्नु भएको हो। शिलान्यासमा बोल्दै नगर प्रमुख आचार्यले सामुदायिक बिद्यालय भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले लुम्बीनी प्रदेश सामाजिक डिभिजन कार्यालयको एक करोड र कोहलपुर नगरपालिकाको २० लाखको लागतमा ८ कोठा सहीतको २ तले भवन निमार्ण गर्न लागिएको बताउनु भयो । कोहलपुर नगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका जिर्ण भवन पुर्ण निमार्ण गर्ने र भबन नै नभएको सामुदायिक बिद्यालयमा नया भबन निमार्ण गरि पुर्वाधार युक्त नमुना बिद्यालय बनाउने आफ्नो योजना रहेको बताउनु भएको हो। छानो मुक्त बिद्यालय घोषणा गर्ने अबस्थामा आफुहरु पुगेको र बालबालिकाहरु पक्की भबनमा पढ्ने वातावरणहरु बन्दै गएको आचार्यले बताउनु भयो। उँहाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतका भवनहरु लगायत नगरको हिउदे अधिबेशनबाट समेत नेपाल राष्टिय माध्यामिक बिद्यालय खड्कावार ,नेपाल राष्टिय आधारभुत बिद्यालयको चन्नहवामा समेत पक्की भवन निमार्णका लागि बजेट बिनियोजन गरिएको र बिद्यालयमा भवन निमार्ण प्रक्रीया समेत सुरु गरिसकेको बताउदै सामुदायिक बिद्यालयमा प्राथमिकतामा आधारमा पुर्वाधार निमार्ण गर्ने दक्ष जनशक्तिको ब्यबस्थापन गरि बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने आफ्नो उद्येश्य रहेको र सोही अनुसार नै आफुहरुले काम गरिरहेको नगर प्रमुख आचार्यले बताउनु भयो यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा न २ वडा अध्यक्ष हरि कठायतले लक्ष्मी माध्यामिक बिद्यालयमा निमार्ण गर्न लागिएको ८ कोठे भवन समयमै निमार्ण गर्न आफुहरुले निमार्ण ब्यबसायिलाई निर्देशन दिएको बताउनु भयो । असार मसान्तसम्म दुई तलाको ८ कोठे भबन निमार्ण गरिसक्ने कठायतले बताउनु भयो। बाटोघाटोका कारणले गर्दा समेत बालबालिकाहरुलाई बिद्यालय आउ जाउ गर्न असहज भईरहेकाले वडामा रहेका बाटाघाटा निमार्णका लागि समेत आफुहरु सक्रीय भएर लागेको वडा अध्यक्ष कठायतले बताउनु भयो। भवन शिलन्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्ट , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम पुलामी , सदस्य पदमा थापा लगायत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्