July 24, 2024, Wednesday
९ श्रावण २०८१, बुधबार
Trending

ट्राफिक व्यवस्थापन प्रणाली, लागूऔषध नियन्त्रण कर्णाली प्रहरीको प्रमुख प्राथमिकता

ट्राफिक व्यवस्थापन प्रणाली, लागूऔषध नियन्त्रण कर्णाली प्रहरीको प्रमुख प्राथमिकता

सुर्खेत। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले मातहत प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमबाट शान्ति सुरक्षाको जानकारी लिनु भएको छ।शान्ति सुरक्षाको जानकारी लिँदै उँहाले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, सुरक्षित कर्णाली प्रदेश विषेश सुरक्षा अभियान र शान्ति सुरक्षा लगायतका विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको छ।प्रहरी नायव महानिरीक्षक ढकालले आजै संचारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ। सो क्रममा उँहाले ट्राफिक व्यवस्थापन प्रणाली, लागूऔषध नियन्त्रण, कर्णाली प्रदेश विषेश सुरक्षा अभियान र शान्ति सुरक्षा लगायतका विषयहरु आफ्नो प्राथमिकतामा रहेको र सोही अनुसार अगाडि बढ्ने बताउनु भएको छ।