November 1, 2024, Friday
१६ कार्तिक २०८१, शुक्रबार

डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता छ: स प्र महानिरीक्षक अर्याल

डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता छ: स प्र महानिरीक्षक अर्याल

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षालाई थप प्रभाकारी बनाउन हालसम्म २ सय २८ वटा बिओपीहरु स्थापना गरिएको र सीमा सुरक्षालाई थप व्यवस्थित बनाउन कम्तीमा ५ सय वटा बिओपी स्थापनाको लागि थप जनशक्ति र भौतिक संरचनाको अलावा डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता रहेको बताउनुभएको छ।
२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्दै डिजिटल बोर्डर कन्सेप्ट लागु गर्नको लागि सीमामा थप सी सि क्यामेरा लगायत आधुनिक प्रविधिको व्यवस्था गरी खुला सीमानाको मोनिटरिङ्ग डिजिटल वाल मार्फत गरिनु पर्ने उँहाको भनाई छ।  साथै सीमा क्षेत्र विकास कार्यक्रम ( बि ए डी पी) सञ्चालनका लागि आवश्यक पहल र जग्गा तथा भौतिक संरचना नभएका ९१ वटा विओपीका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्न संगठन लागिरहेको उँहाले बताउनु भयो। । सीमा सुरक्षा विभागको पुनस्र्थापना सँगै प्रभावकारी सीमा व्यवस्थापनका लागि बोर्डर रिसर्च एन्ड रिसोर्स सेन्टरको स्थापना, सीमापार अपराध सम्बन्धी सूचना आदान प्रदान गर्न हटलाईनको व्यवस्था, सीमामा डेडिकेटेड फोर्स बनाउने लक्ष्य अनुरुप रेन्फर्समेन्ट प्लान तर्जुमा गरी थप जनशक्ती परिचालन गरिएको प्रहरी महानिरीक्षक थापाको भनाई छ। नापी विभागसँग समन्वय गरि स्ट्रिप मेप प्राप्त गर्नको साथै “सीमा स्तम्भ मर्मत सम्बन्धी कार्यविधी“ र “सीमा निगरानी समूह स्थापना सम्बन्धी कार्यविधी तयार गरी स्वीकृतिको चरणमा रहेको उँहाको भनाई छ।
देश र देशवासीको हितको लागि नेपाल सरकारले लिएको सुशासन, समृद्धि र आर्थिक बृद्धिको लक्ष्य प्राप्तीको लागि सशस्त्र प्रहरी बल नेपालाई निर्दिष्ट कार्यादेशहरु ईमान्दारिताकासाथ पालना गर्दै आईरहेको बताउनु भएको छ।  नेपाली जनताको सेवा, सुरक्षामा सेतीको खोचदेखि गोक्यो हिमतालको बीच भागसम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल भुकम्पको भग्नाअवशेषसम्म पुग्नुको साथै बाढि, पहिरो, र आगलागी नियन्त्रण लगायत आपत् विपद्का परेका नागरिकहरुको उद्वार कार्यमा सकृयताकासाथ खटिई आईरहेको उँहाले बताउनु भयो।
हालै सम्पन्न भएको संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले खेलेको अहम भूमिकाको प्रशंसा गर्नुहुँदै तराईको गर्मीदेखि हिमालको कठ्यांग्रीदो जाडोसम्म आफ्नो कर्तव्य पालनामा अविचलित नभई खटिई रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक आभार समेत प्रकट गर्नुभएको छ।
महानिरीक्षक अर्यालले संगठन सुधारका कार्यहरुको लागि संस्थागत, संरचनागत तथा नीतिगत सुधारका कार्यहरु तर्जुमा गरी क्रमश कार्यान्वयमा लगिएको हुँदा उक्त नीति तथा कार्यहरु कार्यान्वयनका लागि नेपाल सरकार तथा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुको आवश्यक निर्देशन र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
निरन्तर सहयोग र सहकार्यका साथ राष्ट्रसेवाको अविरल यात्रामा संगठनलाई अनुकरणीय निर्देशन, समन्वय र सहयोगी भूमिका निर्वाह गर्नुहुने नेपाल सरकार, संवैधानिक निकायहरु, कुटनीतिक नियोगहरु, अग्रज राष्ट्रसेवकहरु, सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, नागरिक समाज लगायत सरोकारवाला सबै
प्रति हार्दिक कृतज्ञाता प्रकट गर्नुभयो ।
नेपाल सरकार तथा गृहमन्त्रालयबाट प्राप्त भएका आदेश तथा निर्देशहरुलाई अक्षरस पालना गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुहुँदै वार्षिकोत्वसको अवसरमा लाईभ टाईम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुहुने अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राई र उत्कृष्ट बाहिनी अवार्ड प्राप्त गर्ने बाहिनीपतिप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो ।
विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उप प्रधान तथा गृह मंत्री रवि लामिछाने, नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव विनोद प्रकाश सिंह, संवैधानिक निकायका प्रमुखहरु, कामठमाडौं महानगरपालिका प्रमुख बालेन शाह, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।