September 17, 2023, Sunday
३१ भाद्र २०८०, आईतवार
Trending

३ लाख दर्शकले राजापुर महोत्सव अवलोकन गर्ने अनुमान

३ लाख दर्शकले राजापुर महोत्सव अवलोकन गर्ने अनुमान

राजापुर। समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ पुस २८ बाट सुरु हुन लागेको बर्दिया राजापुर महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सवको दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ।
महोत्सवमा राजापुर क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको प्रदर्शन खाद्य वाली, नगदे वाली, दलहन तथा तेलहन मसला वाली मेलामा प्रदर्शन ,व्यापारिक स्टल, थारु होमस्टे, थारु गाउँ र डान्स आइडल तथा  हरेक दिन स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापाले बताउनु भयाे।अमर शहिद बहुमुखी क्याम्पस नजिकै हुन लागेको बर्दिया राजापुर महोत्सवमा १२० वटा व्यापारिक स्टल, बालउद्धान, मौतका कुवाँ, नाउ, चर्खे पिङ्ग,भुत व्यागर सहितका विभिन्न खेलौंना, विभिन्न संस्कृति झल्किने झाँकिहरु महोत्सवको मुख्य आकर्षण रहने अध्यक्ष थापाले बताउनु भयाे। आन्तरिक तथा बाह्यि गरि ३ लाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने उद्योग वाणिज्य संघ राजापुरका महासचिव लोकराज ढुङानाको अनुमान छ। भौरा क्षेत्रलाई देशैभर चिनाउन पनि सबै एकजुट हुनु पर्ने भएकाले यस क्षेत्रमा रहेका सबै सरोकारवालाहरुले महत्वपुर्ण भुमिका खेली महोत्सव सफल बनाउनु पर्ने  बर्दिया उद्योग वाणिज्य संघ राजापुरका निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मीले वताउनु भयो  ।