January 31, 2023, Tuesday
१७ माघ २०७९, मंगलवार
Trending

राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ : पूर्व राजा ज्ञानेन्द्र शाह

राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ : पूर्व राजा ज्ञानेन्द्र शाह
गुलरिया । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको बताउनुभएको छ ।३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा नेपालको राजनीति अलमलिएको बताउँदै उहाँले पुनरावलोकनको औचित्य औँल्याउनुभएको हो ।राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने उहाँको भनाई छ । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन नसक्ने पूर्व राजाको भनाई छ ।