December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

८ जिल्लाका प्रहरी प्रमुख फेरिए

८ जिल्लाका प्रहरी प्रमुख फेरिए

गुलरिया। प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ।एक वर्ष अवधि पुगेका एसपीहरूको नियमित सरुवा गरिएको हो।