February 3, 2025, Monday
२१ माघ २०८१, सोमबार

स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री

स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ।  स्थानीय तहको स्रोत र साधनको पहिचान गरेर तिनको उचित उपयोग गर्दै क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्ने उँहाको भनाई छ।

नेपाल नगरपालिका संघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबै स्थानीय तहले दिगो विकासको मोडेल अपनाएर काम गर्नुपर्ने बताउनु भयाे।

प्रधानमन्त्री  देउवाले सहरीकरण हुँदै गरेका नगरपालिकाहरूलाई दिगो र वातावरणमैत्री सहर बनाउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गर्नु भयाे।

‘अहिले नगरपालिकाहरूमा सहरीकरण बढ्दो छ । तर त्यो सहरीकरण अव्यवस्थित हुनुभएन, अव्यवस्थित सहरीकरणलाई हामीले रोक्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘काठमाडौंलगायत सबै नगरहरूई, सहरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणामा अघि बढाउनुपर्नेछ, सबैले त्यसको पहल गरौँ ।’

प्रधानमन्त्री देउवाले दिगो विकासको मोडेल अपनाउन र वातावरणमैत्री संरचना निर्माणमा ध्यान दिनसमेत सुझाउनु भएको छ। ‘स्थानीय तहले आफ्नो विकास र सहरीकरण गर्दा सुव्यवस्थित र मौलिक पहिचानलाई जोड दिनुपर्ने हुन्छ । त्यसलाई हरेक नगरपालिकालाई हामीले नमुना नगरपालिका बनाउन सकिन्छ,’ उँहाले भन्नु भयो ।