नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन
नेपालगन्ज। नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ ।
उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरण लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेपालगन्ज आइपुग्नुभएका राजदुत थप्सनले रेडियो कृष्णसार एप एमको अवालेकन गर्दै उहाँसंग लिइएको विशेष अन्र्तवार्तामा उहाँले नेपालमा सूचना, प्रविधी र अंग्रेजी भाषाका विषेश कार्यक्रम ल्याउने तयारी भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत, हाइड्रोपवर, विभिन्न साना तथा मझौला उद्योगको विकास गर्न विशेष जोड दिनुभयो ।
उहाँले नेपालमा संचालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै समाबेशीताको कुरामा सुधार भएको छ भने सिमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको छ, भन्नुभयो ।
राजदुत थम्पसनले अमेरिकाले अब निजी क्षेत्रहरुको सहकार्यमा लगानी गर्ने तयारी रहेको जानकारी गराउदै भन्नुभयो, “नेपाल एउटा विकसित मुलुकहरुमा पछि परेको छ, विकसित देशको सुचिमा पार्नका लागि यहाँको धेरै विकासका पुर्वाधारहरु तयार गर्न बाकी छन, त्यसलाई परा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ, र एकदिन अवश्य विकसित मुलुकको सूचिमा पनि पर्छ ।”
उहाँले महिलाहरु शसक्तीकरण भई आय आर्जनतर्फ आत्मनिर्भर बनेका छन र अन्य पछि परेका समुदायको पनि पहुँच र सहभागितामा बृद्धि भएको पाइएको बताउनुभयो । दुई महिना अघि मात्र नेपाल आउनुभएका राजदुत थम्पसनले नेपाली कला, संस्कृति, रितिविाज, परम्परा खुबै मन परेको प्रतिक्रिया दिदै नेपाली खानाहरुको स्वाद पनि राम्रो लागेको बताउनुभयो ।
पश्चिम नेपालको भ्रमणका क्रममा राजदुतको टोलीले कृष्णसार एफएमको अवलोकन गरेको हो । टोलीमा अमेरिकी राजदुत थम्पसन, युएसएआइडी मिसन डाइरेक्टर सेपीदेह किभान्सद, सञ्चार अधिकृत प्ररेणा मरासीनी, आयुषा निरौला लगायत रहनुभएको थियो । अवलोकन पश्चात कृष्णसार एफ एमका समाचार प्रमुख राकेश कुमार मिश्रले एमएमका विभिन्न पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिकृया दिनुहोस्