बर्दियामा भव्य र सभ्य रूपमा गर्ल्स टेक ओभर सम्पन्न
बार बर्दिया । बालिका दिवसको अवसर पारेर बर्दिया जिल्लामा भेरी वातावरणीय विशिष्टता समुह(बी-ग्रुप), सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल), बाँके युनेस्को क्लब लगायत प्लान ईन्टरनेसनल नेपालका साझेदार संस्थाहरुले ‘गर्ल्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम सम्पन्न गरेका छन् । लुम्बिनी,कर्णाली, बागमती प्रदेशका पालिकाका बालिकाहरूले प्रमुख प्रशासकीय अधिकृत, प्रहरी निरीक्षक, आयोजना निर्देशक, प्रधानाध्यापक पदको भूमिका जिम्मेवारीका साथ कुशलतापूर्वक निर्वाह गरेका छन् । प्लान इन्टरनेसनलद्वारा संचालित सि ओ सी मा आबद्ध ती बालिकाहरूले आफ्नो अब्बल नेतृत्व क्षमता प्रदर्शन गरेका छन्। बार बर्दिया नगरपालिका वडा नं.३(भैसाखानी) मा संचालित सी ओ सी की बालिका सम्वृद्धि चौधरीले एकदिनको लागि बार बर्दिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिका (टेक ओभर) गर्नु भएको छ। प्लान इन्टरनेसनल, बि ग्रुप, स्याक नेपाल, बाँके युनेस्को क्लबको साझेदारीमा १० औं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत सो भूमिका निभाउनु भएको हो। एक दिनका लागि प्रमुख प्रशासकीय अधिकृतको भूमिका गर्दै उँहाले शिक्षा,कृषि, सडक, स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्न नगर प्रमुख छविलाल थारू, उप प्रमुख रत्न पाण्डे, बहालवाला प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालालाई सुझाव दिनु भयो।
बारबर्दिया नगरपालिका वडा नं.३(भैसाखानी)मा संचालित सी ओ सी की प्रशिक्षार्थी (बालिका)प्रतिभा थारूले इलाका प्रहरी कार्यालय बनियाभारमा एकदिनको लागि प्रहरी निरीक्षकको भूमिका टेक ओभर गर्नु भएको छ। उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिहर खड्काले उहाँलाई पद हस्तान्तरण गर्नु भएको थियो । टेक ओभर लिँदै प्रतिभाले बार बर्दियामा यौनजन्य तथा बाल अधिकार हननका घटना बढिरहेको भन्दै यौन हिंसा, लागू औषधलगायतका अपराध नियन्त्रण गर्न प्रभावकारी काम गर्ने बताउनु भयाे । कार्यक्रममा सेवाग्राहीले विभिन्न अपराधका माग सम्बोधन गरिदिन ज्ञापनपत्र बुझाए ।
प्रहरी निरीक्षक हरिहर खड्काले बालबालिकाबाट अपराधका सूचना आउने र जागरकता हुने भएकाले समाजमा विकृति न्यूनीकरण हुने विश्वास व्यक्त गर्दै। बालबालिका सजग भए अपराध घट्ने बताउनु भयो।
बालिकालाई एक दिनका लागि १० औं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत बार बर्दिया ३ की अर्चना चौधरीले एकदिनको लागि ने रा मा वि बेलवा बज्जामा प्रधानाध्यापकको (टेक ओभर) भूमिका प्रदर्शन गर्नु भएको छ। प्लान इन्टरनेशनल नेपाल र उनका साझेदार संस्थाहरुले शैक्षिक गुणस्तर सुधारगर्दै बालीकाहरुको नियमित बिद्यालयमा सहभागीताका लागी गरिएका कृयाकलाप सान्दर्भिक र उपलब्धी मुलक भएको छ । बिद्यालयमा बालीकाहरुको नेतृत्व बिकास तथा सहभागीताका लागी प्रधानाध्यापकको पदिय जिम्मेवारी हस्तान्तरण गर्न पाउनु बिद्यालयका लागी अबसरको रुपमा लिएको विद्यालयले जनाएको छ ।अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा गेरुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदको भुमिकामा गेरुवा गाउँपालिकाका वडा नंं ५ का सिओसी कक्षाको १५ बर्षीया अदिति चौधरीले सम्हालेका छिन् । गेरुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत आफनो पद हस्तान्तरण गर्नु हुदै किशोरीहरुको हकहितको लागि पालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम तय गरेको बताउनुभयो । साथै उहाँले आगामी दिनहरुमा किशोेरीहरुको बुझाएका ज्ञापनपत्रलाई मध्यनजर गर्दै स्थानीय सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही अवशरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमा पुनले बालबालिका तथा किशोरीहरुको सवालमा कार्य गरिरहेको बताउनुभयो ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुखको पद आज ठाकुरबाबा नगरपालिका वडा नंं ४ का परिवर्तनका सम्वाहक(सिओसी) कक्षाको १५ बर्षीया सलिना चौधरीले सम्हालेका छन् । सो पद सम्हाल्दै सलिना चौधरीले ठाकुरबाबा नगरपालिकाका किशोरीहरुको लागि सम्पुर्ण विद्यालयहरुमा स्वस्थ खाजाको ब्यवस्था र सेनेटेरी प्याडको निशुल्क ब्यवस्था गरिने प्रतिबद्धता समेत जनाईन् । ठाकुरबाबा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख सिता कुमारी भण्डारीले आफनो पद हस्तान्तरण गरेकी हुन् । त्यसै गरि आज नै ठाकुरबाबा नगरपालिको वडा नं. ५ मा अवस्थित सिओसी कक्षाका १८ बर्षीया जुनमाया थारुले बगनाहा स्वास्थ्यचौकीको प्रमुख पद सम्हालेका थिइन् । स्वास्थ्यचौकीका प्रमुख ओम चुनाराले आफनो पद हस्तान्तरण गर्नु भएको थियो। सो पद सम्हाल्दै जुनमाया थारुले विद्यालयहरुमा निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिने प्रतिबद्धता जनाईन् । सो कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले समग्र विकासको लागि पालिकाले १० बर्षे गुरु योजना निर्माण गरि अगाडि बढेको र विद्यालयमा किशोरीहरुको शिक्षाको निरन्तरताको लागि शिक्षाको क्षेत्रमा बजेट विनियोजन गरेको तथा बालबालिकाहरुलाई सुरक्षित वातावरण सिर्जना गर्न पहल गरिएको बताउनुभयो । त्यसैगरि विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले ठाकुरबाबा नगरपालिकाले किशोरी तथा बालिकाहरुको शिक्षामा पहुँच पु¥याउनको लागि विद्यालयहरुमा महिनावारी ब्यवस्थापन कक्ष, खाने पानी तथा सरसफाईको उचित ब्यवस्था गरिएको बताउनुभयो । त्यसै गरि ठाकुरबाबा नगरपालिकाका उपमेयर विना कुमारी भट्टराईले बालिका दिवशको अवसरमा सम्पुर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु हुदै बालिकाहरुलाई सबै भन्दा शिक्षामा निरन्तरता दिनु पर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आज वर्दिया जिल्लाको मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखको पद आज मधुवन नगरपालिका वडा नंं ५ का सिओसी कक्षाको १७ बर्षीय अनुराधा चौधरीले सम्हालेका छन् । मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख ईन्द्रा चुनाराले आफनो पद हस्तान्तरण गरेकी हुन् । त्यसै गरी मधुवन नगरपालिको वडा नं.२ को सिओसी कक्षाका १७ बर्षीय रचना थारुले वडा सचिवको पद सम्हालेका थिइन् । वडा सचिव चित्रा तिवारी पराजुलीले सचिव पद हस्तान्तरण गर्नु भएको थियो।नेपालका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यालय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिएका छन् ।सुर्खेतमा आयोजित कार्यक्रममा संजिबनी थारुले प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय निर्देशकको भूमिकाको पद सम्हाल्नु भएको छ। प्लान इन्टरनेशनल नेपाल पश्चिमका क्षेत्रीय निर्देशक मीना पराजुलीले आफनो पद पनि टेकओभर गर्नु भएको हो । क्षेत्रीय निर्देशकको पद सम्हादै प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय निर्देशकको भूमिकामा रही विपदहरुमा परेका किशोरीहरु र बालिकाहरुलाई विपद हुन पुर्व नै तयारी गरी सहयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताउनु भयो । साथै पछाडि पारिएका बालबालिकाहरुलाई राज्यको मुलप्रवाहीकरणमा ल्याउने विशेष पहल गर्ने प्रतिबद्धता जनाउनु भयो।
प्लान इन्टरनेशनल नेपाल पश्चिमका क्षेत्रीय निर्देशक मीना पराजुलीले पद हस्तान्तरण गर्नु हुदै बालविवाह, जबरजस्ती गरिने विवाह जस्ता हानिकारक परम्परा विरुद्ध संस्थाले काम गर्दै आईरहेको र यस्ता हानीकारक अभ्यासले किशोरीहरुलाई उनीहरुको भविष्यमा अगाडि बढ्नमा अबरोध खडा गरिदिएको बताउनु भयो । कार्यक्रम अन्तर्गत किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।
गर्ल्स टेकओभर कार्यक्रमले किशोरीहरुलाई एक दिनका लागि भएतापनि शक्ति प्रदान गरेको र नेतृत्वको अनुभव दिन सहयोग गरेको बि ग्रुपका कार्यक्रम संयोजक सूर्य नेपालीले बताउनु भयाे।
अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर देशभरका सयजना किशोरीले विभिन्न संस्था तथा निकायको नेतृत्व ‘गर्ल्स टेक ओभर अभियान’ अन्तर्गत लिएका छन् । प्लान इन्टरनेशनलको ‘किनकी म किशोरी हो’ अभियानको पैरवीका कारण सन् २०११ मा संयुक्तराष्ट्र संघले हरेक वर्ष अक्टुबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिकादिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो ।
अन्तराष्ट्रिय बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरूमाथि बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको कार्यक्रम संयोजक नेपालीको भनाई छ । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य रहेको भन्ने मूल नाराका साथ यस वर्षको बालिका दिवसको उपलक्ष्यमा गर्ल्स टेकओभर देशभरका ९ जिल्लामा सयजना किशोरीहरूले विभिन्न संस्थाहरूमा सयपदको नेतृत्वलिने योजना अनुसार पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२२ देखि सुरु भएको थियो । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरी माथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिएको छ।
बालअधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा हामी दाजुभाइ संस्थाको प्राविधिक सहयोगमा विगतझैं यस वर्ष पनि संघीय र जिल्ला स्तरमा अभियानलाई निरन्तरता दिईएको
यसवर्ष संघीयस्तरका संघसंस्थाहरूका साथसाथै जुम्ला, कालिकोट, डोल्पा, मकवानपुर, धनुषा, सिन्धुली, सुर्खेत,बर्दिया जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिन्छ ।
प्रतिकृया दिनुहोस्