September 25, 2023, Monday
८ आश्विन २०८०, सोमबार
Trending

इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

राजापुर। ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले  रू.१ लाख २० हजार बराबराका १० बोरा बिभिन्न प्रकारका पटाकाहरु बरामद गरेको छ।  राजापुर नगरपालिका ४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट लुकाई छिपाई ल्याई कोठामा भण्डारण गरी राखिएको सो पटाकाहरु बरामद गरिएको हो।  बरामद गरीएको पटाका ईलाका प्रशासन कार्यालय राजापुर बर्दियाका कार्यालय प्रमुख श्री सुनिल दत्त, राजापुर नगरपालिका  ४ का वडा अध्यक्ष बिदुर पोख्रेल , राजापुर भन्सार कार्यालयका प्रतिनिधी पत्रकार तथा स्थानियको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो।