वर्षाका कारण करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० बेपत्ता र २३ घाइते
असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुम पश्चिम, मुगु, कालीकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। बाढी पहिरोबाट शुक्रबारसम्म रुकुम पश्चिममा सात, मुगुमा दुई सय ३६, कालीकोटमा दुई सय ३२, हुम्लामा २८, सुर्खेतमा एक सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा पाँच, जुम्लामा तीन सय ६८ र दैलेखमा दुई सय ७१ घरहरु पूर्ण रुपमा क्षति भएका छन् । त्यसैगरी, रुकुम पश्चिममा तीन, मुगुमा तीन सय ९९, कालीकोटमा चार सय ३५, हुम्लामा ३२, सुर्खेतमा एक सय २७, सल्यानमा ४२, डोल्पामा छ, जुम्लामा चार सय ४० र दैलेखमा दुई सय ३६ घरहरु उच्च जोखिममा परेको नेपाली कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह पनि गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गर्दै राहत सहयोगका लागि आह्वान गरेको हो ।
बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो।
प्रतिकृया दिनुहोस्