बर्दियामा बाढी प्रतिकार्य र उद्दारमा सक्रिय एवम् प्रभावकारी बन्दै सशस्त्र प्रहरी
सुरजपुर । असोज १९ गते देखी हालसम्म बर्दिया जिल्लामा भएको वर्षा तथा बाढीजन्य विपद्को प्रतिकार्य, प्रभावितको उद्दारमा सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेड क्वाटर बर्दिया र मातहतका इकाईहरु प्रभावकारी रूपले परिचालन भएका छन्।
असोज १९ गते देखी निरन्तर रुपमा परिरेहेको अविरल बर्षाको कारण २० गते १०:२० बजेको समयमा जिल्ला बर्दिया गुलरिया न.पा.५ हरियाली टोलमा भादा नदीको पानीको बहाव बढ्न गई ३६ वटा घरधुरीमा पानी पसेको थियो। २२० जना ब्यक्तिहरु प्रभावित भई ब्यक्ति र सामानहरु सहित स.प्र.बल नेपाल नं.३१ गण हे.क्वा. बर्दियाबाट सप्रउ जहर सिंह बुढामगरको कमाण्डमा खटिगएको ५१ जनाको उद्धार टोलीले उद्धार गरेको थियो। उद्दार गरेकालाई स्थानीय शान्ती प्रा.वि.को भवनमा सारेकोमा २०५ जना आफन्तको घरमा गएको र बाँकी १५ जना ऐ. श्री शान्ती प्रा.वि.को भवनमै रहेका छन्।
१९ गते देखी निरन्तर रुपमा परिरेहेको अविरल बर्षाको कारण भादा नदिको बहाब बढ्न गई असोज २० गते साँझ ५:२० समयमा बर्दिया गुलरिया न.पा. १० महजिदिया स्थीत महजिदिया गाँउमा भादा नदीको बाढी पस्न गई अ.५५ घर डुबानमा परेको र उक्त स्थानका बाढी प्रभावित २०० जना मध्ये ८० जनालाई स.प्र.बल नेपाल वि.ओ.पि. कालाबन्जार बर्दियाबाट सप्रसनि नन्दराज शर्माको कमाण्डमा खटिगएको १० जना र स्थानिय बासिन्दा अन्दाजी २० जना गरी जम्मा ३० जनाको संयुक्त टोलीले डुङ्गाद्वारा उद्दार गरि भादा नदी वारील्याई रत्नापुर आ-आफ्नो घरमा गएका छन्। १२० जनालाई सोही स्थानमा रहेको सामुदायीक सेल्टर भवनमा ल्याई राखिएको छ। सो ठाउँमा बिगा जग्गामा लगाईएको धान तथा मकै बारीमा समेत बाढी पसेको छ।
असोज १९ गते देखी निरन्तर रुपमा परिरेहेको अविरल बर्षाको कारण असोज २१ गते बिहान ९:३० बजेको समयमा गुलरिया न.पा.८ थपुवा गाँउ देखी १०० मिटर पुर्वतर्फ बबई नदिले कटान गर्ने सम्भावना देखिएको हुँदा स.प्र. बल नेपाल नं.३१ गण बर्दियाबाट आई.डि.न.८९१ का सप्रउ जहर सिंह बुढामगरको कमाण्डमा खटिगएको ३० जना, बज्रदल गण सुरक्षा गुल्म गुलरिया बर्दियाबाट सह-सेनानी सुनिल सुनारको कमाण्डमा २० जना र स्थानिय बासिन्दा अ. २५० जनाको संयुक्त टोली प्लाष्टिक बोरामा माटो भरी रोकथाम गर्ने कार्य समेत गरेका छन्।
असोज १९ गते देखी निरन्तर रुपमा परिरेहेको अविरल बर्षाको कारण असोज २१ गते बिहान ९:०० बजेको समयमा गुलरिया न.पा.८ मुक्तिनाथ टोल स्थित बबई नदिको बहाब बढ्न गई ४ बटा घरमा पानी पसेकोमा उक्त घरमा बसोबास गर्ने २१ जना व्यक्तिहरु आफन्तको घरमा बसि रहेको र मानविय तथा पशु चौपायको क्षति नभएको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढामगरले बताउनु भयो।
अविरल बर्षाको कारण मिति l२१ गते बिहान ७:१५ बजेको समयमा बर्दियाको गुलरिया न.पा.१२ गणेशपुर स्थित बबई नदिको बहाब बढ्न गई ३ बटा घरमा पानी पसेकोमा उक्त घरमा बसोबास गर्ने १० जना व्यक्तिहरु आफन्तको घरमा बसिरहेको र मानविय तथा पशु चौपायको क्षति नभएको
बताइएको छ। अविरल बर्षाको कारण असोज २१ गते बिहान ११:४५ बजेको समयमा जिल्ला बर्दिया बाँसगढि न.पा.६ मोतिपुरमा पानी जम्मा भई ३ वटा घरमा पानी पसेको उक्त स्थानमा स.प्र.बल नेपाल बिओपि कण्ठपुर बर्दियाबाट सप्रनि गोपाल पोख्रेलको कमाण्डमा ९ जना, बाँसगढी न.पा.को जे सी बि र स्थानीय बासिन्दाहरुको सहयोगमा रोडको छेउमा नाला बनाई पानी पास गरिएको छ।
प्रतिकृया दिनुहोस्