April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

कैलाली , बर्दिया र लुम्बिनी प्रदेशका सबै जिल्लामा सतर्कता जरुरी

कैलाली , बर्दिया र लुम्बिनी प्रदेशका सबै जिल्लामा सतर्कता जरुरी

गुलरिया । बबई जलाधारको रानीजरूवा, रम्मापुर र बर्दियाको केही स्थानमा भारी बर्षा भएको छ।चेपाङमा सतह केही घट्दो छ।  चेपाङस्थित बबई नदीमा पानीको सतह सतर्कताको तह (५.५० मी) भन्दा केही बढी अथार्त ५.६२ मीटर छ ।  थप बर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथी नै हुने जल तथा मौसम विभागले जनाएको छ। बर्दियाको डुवान हुने स्थानमा हुनेहरू सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ। पछिल्लो ३ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी बर्षा भएको र थप हुनेछ। खुटीया,कान्द्रा,मोहना,सुहेली,चौधर लगायत उक्त जिल्लाको साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजे सम्म सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ।
पछिल्लो ३ घण्टा भेरी जलाधारको विभिन्न स्थानमा भारी बर्षा भई जलसतह सतर्कता /खतरा तह आसपास पुगेको छ । थप बर्षा हुने देखिएकाले भेरी नदीको रिम्ना देखि कर्णाली दोभान सम्म अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन् जल तथा मौसम विभागले अनुरोध गरेको छ।  गोरखा,धादिङ,लमजुङ,तनहुँ,पाल्पा,स्याङजा, नवलपरासी (ब.सु.प.)कपिलवस्तु, दाङ,प्यूठान,दैलेख,सुर्खेत, कैलाली,कञ्चनपुर र आसपास केही स्थानमा गएराति भारी बर्षा भएको थप हुने देखिएको छ। उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी हुनको साथै पहिरो जान सक्ने भएकाले, दिउँसो सम्म सतर्क रहन जल तथा मौसम विभागले अनुरोध गरेको छ।