January 12, 2025, Sunday
२८ पुष २०८१, आईतवार

बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

गुलरिया । लुम्बिनी प्रदेशमा असोज १९ गतेदेखिको अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ।
दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको स्थानीय खैरेनी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका ४५ वर्षीय धिरज घिमिरे घर नजिकै खाडलमा डबुेर मृत अवस्थामा फेला परेका थिए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार अर्घाखाँचीको सन्धीखर्च गाउँपालिका वडा नम्बर ७ स्थित खञ्ज्याङ खोलाको बाढीले बगाउँदा १० वर्षीय समीर पौडेलको मृत्यु भएको छ।
त्यस्तै गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा आरोही खोलामा आएको बाढीले बगाउँदा ३१ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ।